भरतपुर । क्रसर उद्योग सञ्चालकहरुको आन्दोलनमा समर्थन जनाउँदै चितवनमा गिट्टी, ढुंगा बोक्ने ट्रक, ट्रिपर संचालकले बिहीबार शान्तिपूर्ण रुपमा विरोध ¥याली निकालेका छन् । भरतपुर बसपार्कबाट सुरू भएको ¥याली नारायणगढ बजार परिक्रमा गरी पुनः भरतपुर पुगेको थियो ।
भवन तथा पुल, सडकजस्ता पूर्वाधार निर्माणका लागि अत्यावश्यक गिट्टी, ढुंगाको आपूर्ति रोकिएपछि निर्माण क्षेत्र मारमा परेको छ । क्रसर उद्योगीहरुले नयाँ मापदण्ड खारेज गर्न माग गरेका छन् ।
नयाँ मापदण्ड लागू भए क्रसर उद्योग चल्नै नसक्ने उद्योगीहरु बताउँछन् । सरकारले राजमार्ग र खोलाभन्दा ५०० मिटर परमात्रै क्रसर उद्योग राख्न पाइने नियम बनाएको छ । त्यस्तै, विद्युतको हाइटेन्सन लाइनभन्दा सय मिटर पर र शिक्षण संस्था, स्वास्थ्य निकाय, धार्मिक, सांस्कृतिक र पुरातात्विक स्थल र वन, निकुञ्ज, सुरक्षा निकाय तथा घना बस्तीबाट दुई किलो मिटर परमात्रै क्रसर उद्योग राख्न पाउने नियम बनाएको छ ।
आउँदो साउन एक गतेबाट यो मापदण्ड लागू हुनेछ । सर्वोच्च अदालतले विस २०६७ सालको साउन २१ गते आदेश गरेपछि गठन भएको प्राविधिक समितिले मापदण्ड निर्माण गरे पनि उद्योगीहरुको दबाबमा लागू हुन भने सकेको छैन ।
Discussion about this post