पिसिआर मेसिनका लागि दबाब

अन‌ि यो पनि

नवलपरासी, १५ भदौ (रासस) । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभित्रै कोरोना परीक्षणको व्यवस्थापनका लागि युवाको समूहले जनप्रतिनिधिसहित मन्त्रीसमक्ष दबाब सृजना गरेका छन् ।

युवाहरुले पिसिआर मेसिन जिल्लामा कहिले आउछ ? भनि उल्लेख गरिएको सन्देश जनप्रतिनिधिको मोबाइलमा एसएमएस पठाएर दबाब सृजना गरेका हुन् । यसरी एसएमएस पठाइएका व्यक्तिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, प्रदेश न. ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कडेँललगायत रहेका छन् ।

करीब दुई सय युवाले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पिसिर मेसिन कहिले ल्याउनुहुन्छ भनेर उल्लेख गरिएको सन्देश एसएमएसमार्फत जनप्रतिनिधिलाई पठाएका हुन । यसैगरी एसएमएस पठाइएका अन्यमा प्रदेशसभा सदस्य, जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित अन्य सरोकारवालासमेत रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया