नारायणगढ । उद्योग वाणिज्य संघ–चितवनबाट बिहीबार बजार क्षेत्रका घरधनीहरुलाई घरबहाल करसम्बन्धी शिक्षा प्रदान गर्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत प्रेम उपाध्यायको उपस्थितिमा छलफल कार्यक्रम भएको छ ।
संघको सभाहलमा सम्पन्न भएको छलफल कार्यक्रममा संघका अध्यक्ष कल्याण जोशीले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै घरबहालमा लगाउने घरधनीहरु र घरबहालमा बस्ने व्यवसायीहरुलाई घरबहाल करको विषयमा स्पष्ट पार्न छलफल कार्यक्रमले मद्दत पु¥याउने भन्दै संघले घरबहाल ऐन आउनुपर्दछ भनेर लविड्ड गरेको बताउनुभयो । अध्यक्ष जोशीले घरबहाल कर सहज रुपमा उठाउनका लागि कर प्रशासन लाग्नुपर्ने बताउ“दै घरबहालमा लि“दा र दि“दा अनिवार्य रुपमा सम्झौता गरेर मात्र लिन दिनका लागि यसभन्दा अगाडि पटकपटक संघको बुलेटिनमार्पmत आम व्यवसायीहरुलाई सूचना प्रवाह गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख कर अधिकृत प्रेम उपाध्यायले बहाल कर असुली सम्वन्धी कार्यविधि निर्देशिका २०६८ मा भएको व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । यसैगरी संघका निवर्तमान अध्यक्ष डा. तिलचन्द्र भट्टराईले कुनैपनि व्यवसाय सञ्चालन गर्दा कर सम्बन्धी योजना नबनाइ सञ्चालन गरिएमा भविष्यमा त्यसले व्यवसायलाई नै समस्या पार्ने भएकोले त्यसतर्पm सचेत हुनुपर्ने बताउनुभएको थियो ।
यसैगरी कार्यक्रमका अर्का वक्ता नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका निवर्तमान अध्यक्ष प्रभात ढुड्डानाले आपूmहरुले सुरूबाट नै घरबहाल कर घरधनीहरुले नै तिर्नुपर्दछ भनेर भन्दै आएको र घरधनीहरुले नै तिर्ने व्यवस्था भएमा अहिले देखिएको धेरै समस्या समाधान हुने र बहाल कर बढी संकलन हुने धारणा राख्नुभएको थियो ।
छलफलमा उपस्थित हुनुभएका सहभागीहरुले राख्नुभएको विभिन्न जिज्ञासाहरुको जवाफ प्रमुख कर अधिकृत प्रेम उपाध्यायले दिनुभएको थियो । कार्यक्रमको अन्तमा संघका वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Discussion about this post