कलैया अस्पतालमा सबै सेवा सञ्चालन

अन‌ि यो पनि

बारा । बाराको एकमात्र जिल्ला अस्पताल कलैया अस्पतालमा ओपिडीसहित सम्पूर्ण सेवा आइतबारदेखि सुचारु भएको छ । यसअघि भदौ २ गते नै एआरटी सेवा, ल्याब, एक्सरे, डे«सिङ, फार्मेसीलगायतका सेवाहरु सुचारु भएको थियो ।
कलैया अस्पतालका धेरै कर्मचारीहरुमा संक्रमण भएपछि अस्पतालका प्रसूति सेवाबाहेक अन्य सेवाहरु ठप्प रहेको थियो । कोरोनाको महामारी तीव्ररुपमा फैलिएपछि बाराका जनता कलैया अस्पतालको साधारण सेवाबाट वञ्चित रहेका थिए ।
सेवाग्राहीको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै आइतबारदेखि ओपिडीसहित सबै सेवा सुरू भएको कलैया अस्पतालका चिकित्सक डा. रवि रोशन गुप्ताले जानकारी दिए । यसका साथै अस्पतालमा बिग्रिएको एक्सरे मेसिन पनि अहिले सञ्चालनमा आएको र केही दिनमै डिजिटल एक्सरे मेसिन पनि सञ्चालन हुने डा. गुप्ताले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया