गुम्बाका लामागुरूहरुलाई सहयोग

अन‌ि यो पनि

शारदानगर । कोभिड–१९ को महामारीका कारण लगाइएको निषेधाज्ञालाई मध्यनजर गरी भरतपुर–१९, शारदानगरमा गुम्बाका लामागुरूहरुलाई आर्थिक सहयोग गरिएको छ । शारदानगरमा अवस्थित टसिलिङ बौद्ध गुम्बा र बखान गुठी बखानपुर शारदानगरले संयुक्तरुपमा आइतबार एक समारोहका बीच सहयोग हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा मुख्य गुरू रामबहादुर गुरूङलाई बीस हजार, गुरू युङ्डुङ गुरूङलाई पन्ध्र हजार र गुरू ओमबहादुर गुरूङलाई पन्ध्र हजार गरी पचास हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
टसिलिङ बौद्ध गुम्बाकी अध्यक्ष सन्तमाया गुरूङ, बखान गुठीका अध्यक्ष कुलमान गुरूङ, गुठीका वरिष्ठ सल्लाहकार चन्द्रध्वज गुरूङ, समाजसेवी तोपमानसिंह गुरूङ, भरतपुर–१९ का वडा अध्यक्ष कर्णबहादुर गुरूङलगायतको कार्यक्रममा उपस्थिति थियो ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया