भरतपुर । चितवनको गर्दीस्थित धार्मिक क्षेत्र वाल्मीकि आश्रममा सीमा निगरानीका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा बेस (बिओपी) स्थापना गरिएको छ ।
भरतपुरको आपटाँरीस्थित सीमा सुरक्षा कार्यालयले त्यहाँ पहिलो चरणमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २० सुरक्षाकर्मी तैनाथ गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले प्रहरीलाई आश्रममा रहेको हलमा राखिएको छ । आश्रमलाई गुरुयोजनाअनुसार विकास गर्न सहरी विकास मन्त्रालयले आश्रमको १२ बिघा क्षेत्रफल छुट्याउन वन सचिवलाई निर्देशन दिइसकेको छ ।
आश्रममा रहेका १२ जनाका लागि एक वर्षभित्र घर निर्माण गरिने गेलालले बताउनुभयो । चितवनमा रहे पनि आश्रम पुग्न नवलपरासीस्थित गण्डक बाँधहँुदै भारत भूमिबाट जानुपर्दछ । रासस
Discussion about this post