भरतपुर महानगरको आइसोलेसन निर्माण अन्तिम चरणमा

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले वडा नं.२ को वागेश्वरीस्थित प्राकृतिक चिकित्सालयमा करिब एक सय शøयाको आइसोलेसन निर्माण कार्यलाई तीव्रता दिएको छ ।
सो चिकित्सालयको ६ वटा घर लिएर आइसोलेसन बनाउने योजनाअनुसार तयारी अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठका अनुसार एउटा घरमा पाँचवटा कोठा छन्, एउटा कोठामा तीन जना बस्न मिल्छ । उक्त आइसोलेसनमा कोरोना सङ्क्रमण पुष्टि भएर पनि लक्षण नदेखिएकाहरुलाई प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने छ ।
यही ठाउँमा यसअघि भरतपुर महानगरपालिकाको वडा नं. १ र २ ले एउटा घर लिएर क्वारेन्टाइन बनाएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार यहाँबाट करिब एक सय जनाले १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका छन् । क्वारेन्टाइनमा बसेका कसैलाई पनि सङ्क्रमण नदेखिएको उनले बताए ।
‘अहिलेसम्म यहाँको क्वारेन्टाइन सुरक्षित नै रह्यो,’ उनले भने, ‘होम क्वारेन्टाइनमा बस्नेहरुमा सङ्क्रमण देखिए पनि यहाँको पब्लिक क्वारेन्टाइनमा बस्नेहरुमा सङ्क्रमण देखिएन । यो खुसीको कुरा हो । अहिले यही ठाउँको अन्य घर पनि लिएर आइसोलेसन बनाइँदैछ ।’
गत सातादेखि तयारी थालेको महानगरले केही दिनभित्रै आइसोलेसन सञ्चालन गर्नेछ । महानगरले विपद् व्यवस्थापन समितिबाट खर्च व्यवस्थापन गर्ने र उपचारको जिम्मा चिकित्सालयलाई नै दिने गरी काम गर्न लागेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए ।
‘चिकित्सालयले नै प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्छ,’ उनले भने, ‘खर्चको व्यवस्थापन विपद् व्यवस्थापन समितिले गर्छ ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया