प्राकृतिक चिकित्सालयलाई ६७ थान पुस्तक सहयोग

अन‌ि यो पनि

देवचुली । ‘परिवर्तनका लागि युवा नेपाल’ले तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई ६७ थान पुस्तक उपलब्ध गराएको छ।
चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले पुस्तक उपलब्ध गराइएको हो। परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईंका अनुसार संस्थाले किताब संकलनका कसैले पढिसकेका र घरमै थन्किएका अथवा नयाँ किनेर पनि सहयोग थर्न सक्ने भनेर सामाजिक सञ्जाल फेसबुकमार्फत आह्वान गरेको थियो।
सोही आधारमा ६७ थान पुस्तक संकलन भएपछि पुस्तकालय दिवसको अवसर पारेर चिकित्सालयको पुस्तकालयमा रहने गरी उपलब्ध गराइएको उनले बताए। हाल कोरोना संक्रमितको उपचार जारी रहेकाले संक्रमितले समेत पुस्तक पढ्न पाऊन् भन्ने उद्देश्यले कोरोना कहरकै बीच पुस्तक उपलब्ध गराइएको अध्यक्ष चापागाईंले बताए।

अध्यक्ष चापागाईंसहित उपाध्यक्षद्वय विश्वास लामिछाने र डण्डापाणि न्यौपानेले शनिबार अस्पतालमै पुगेर किताब बुझाएका हुन्। अस्पतालका निर्देशक डा विनोद पौडेलसँगै, डा। पुष्कर पौडेल, डा। नन्दलाल रानामगरका साथै व्यवस्थापक हरिप्रसाद सापकोटाको रोहवरमा चिकित्सालयलाई पुस्तक बुझाइएको हो।
अस्पतालमा हाल करिब एकसयको संख्यामा कोभिड संक्रमितहरू छन्। संक्रमितलाई नियमितरूपमा ध्यान, योग प्राणायम गराइनुका साथै नाचगान र खेलकुदमा ध्यान दिएर शरीरलाई तन्दुरुस्त राख्न डाक्टरहरूले सल्लाह दिने गरेका छन्।
यसका अलावा यहाँ रहेकाहरूले अब आफ्नो रुचिअनुसारका किताब पढेर मनोरञ्जन लिन सक्ने अस्पतालका व्यवस्थापक हरिप्रसाद पौडेलले बताए।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया