चितवनमा संक्रमितको संख्या ६०० नजिक, चौबीसघण्टामा १०२ जना संक्रमित

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०२ जनामा संक्रमण पुष्टि भएसँगै शनिबार साँझसम्ममा चितवनमा संक्रमितको संख्या ५९८ पुगेको छ ।

शनिबार धुलिखेल परीक्षण प्रयोगशालामा पठाइएका नमुनामध्ये १२ जना र चितवन मेडिकल कलेजको परीक्षण प्रयोगशालामा गरिएको नमुनामध्ये ६१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार शनिबार धुलिखेल प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये खैरहनी नगरपालिका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसपछि चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भने रत्ननगरका ३८ जनासहित भरतपुर महानगरपालिकाका २२ र राप्ती नगरपालिकाको एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन चौथो हप्ताबाट व्यापक बन्दै गएको संक्रमितको संख्या हरेक दिनजसो उकालो लागिरहेको छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन २५ सम्ममा जम्मा १२६ जना संक्रमित रहेको चितवनमा भदौ दोस्रो साता नसकिँदै संक्रमितको संख्या ६०० को नजिक पुगेको हो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...