स्वयम्भुनाथ कार्की
लन्डनमा सोसलिस्ट इन्टरनेसनलको सेक्रेटरी जनरल हान्स जेनिस्चेकले बीपीसँग सोध्यो– ‘बंगलादेश स्वतन्त्र भयो वा बंगलादेशमा विद्रोह भयो भने तपाईंहरुलाई अनुकूल पर्छ कि पर्दैन ?’ १९७० तिरको त्यो कुरा छक्क पार्ने किसिमको थियो, परिच्छेद ६३को अन्ततिर उनी भन्छन् ः
‘त्यसबेलामा कुनै चुनाव छैन, केही छैन, कुनै काण्ड छैन । खाली अलिकति बंगालीहरु रिसाइरहेका छन् भन्ने छ ।’ बीपीले यसलाई स्वतन्त्रताको भन्दा स्वायत्तताको माग भनेर बुझेका थिए । त्यसैले उनले भने ः
‘यो त हामीलाई अनुकूल पर्छ, त्यहा“ प्रजातान्त्रिक आन्दोलन भयो भने । पाकिस्तानीहरु हाम्रो खिलाफमा छन्, त्यस्तो आन्दोलन भयो भने त हामीलाई मद्दत पुग्छ ।’
यो भ्रमणबाट बीपी भारत फर्केपछि त्यहा“ एउटा ग्रुप नै तैयार थियो बीपीलाई हतियार सप्लाइ गर्न । यति सजिलो सर्तमा कि आर्थिक कुरामा पनि चिन्ता लिनु नपर्ने, जसरी पैसा संकलन हुँदै जान्छ त्यसै गरेर दिए हुने अर्थात्, आजकलको किस्ताबन्दी व्यापारजस्तो ।
सुन्दरीजलबाट मुक्त भएर भारत गएपछि बीपीले सशस्त्र क्रान्तिको आह्वान् गरे, सुवर्णजीले त पहिले नै बन्दुक उठाएका थिए । तर, बीपी सुवर्णजीले भारतमा वसेर हतियार उठाएकोमा गल्ती देख्थे र हतियार जम्मा गरेर नेपालमै केन्द्र बनाएर सशस्त्र क्रान्ति गर्न चाहन्थे । त्यसैले, इन्दिरा गान्धीसँग भेटेर एक करोड रूपैयाँ मागे, परिच्छेद ६३ को सुरूतिर यो प्रसंग उललेख छ । आफूले नेपालमा क्रान्तिका लागि परिपक्व परिस्थिति देखेको अनि हतियार किन्न इन्दिरा गान्धीसँग रूपैयाँ माग्दा उनले त्यो कुनै समस्या नभएको र इन्तजाम गरिदिने बचन दिएकी थिइन् । यो घटना बीपी बेलायत जानुभन्दा पहिलेको थियो । त्यसपछि टी. एन. कौल अनि ‘र’ प्रमुख काओसँग बीपीको भेट बाक्लो भयो । बम्बईमा अस्पतालमा भर्ती हु“दा आफूसँग भेट्न आएको हान्ससँग पनि क्रान्तिका निमित्त सोसलिस्ट इन्टरनेसनलको मद्दत मागेका थिए । उसैको सल्लाहअनुसार सोसलिस्ट मुलुकहरुको भ्रमण गरेर मद्दत मागे । भारतको मन्जुरीबेगर मद्दत गर्न नसकिने र भारतले मद्दत गरेमा त्यति सानो रकम भारतले नै गर्न सक्ने तर्क दिए । कूटनैतिक समर्थन भने जति चाहिने हो, त्यति दिने आश्वासन पाए ।
हान्ससँगको लन्डन भेटपछि बीपीलाई हतियार खोज्न र त्यसको मोल चुकाउन सजिलो भयो । परिच्छेद ६६ मा त्यो हतियार सप्लाइ गर्नेले गरेको कुरा पनि बीपीले उल्लेख गरेका छन् । उसका अनुसार बीपीलाई छोडेर राजाले गल्ती गरे । कि राजाले उनलाई मारिदिनु पथ्र्यो, कि मौका पाउनेबित्तिकै बीपीले राजालाई मारिदिनु पथ्र्यो । यो वार्तालापलाई बीपी भन्छन् ः
‘मलाई हतियार सप्लाइ गर्ने त्यस मान्छेस“ग भएका मेरा यी कुराहरु बडो विचारणीय छन् ।’
यता बीपीसँग हतियार जम्मा हुन थाल्यो, उता बंगलादेशमा संघर्ष सुरू भयो । भारत विभाजनभन्दा पहिलेका बंगलादेशका सोसलिस्टहरु लगातार बीपीलाई भेट्न आउन थाले । जयप्रकाशजीलाई पनि गुहारे । उनीहरुलाई हतियार चाहिएको थियो । जयप्रकाशले उनीहरुका निमित्त हतियार व्यवस्था गरिदिन बीपीलाई सिफारिस गरे ।
बीपीले आफ्नो सप्लायरलाई बंगलादेशीलाई पनि हतियार दिन आग्रह गरे, तर उसले ठाडै अस्वीकार गरिदियो । सीधै तिमीहरु आफ्नो क्रान्तिको कुरा गर, हामी जताततै दिँदैनौँ भनेर भन्यो । उसले नगदमा पनि बंगलादेशीलाई हतियार दिएन, तर बीपीलाई उधारोमा हतियार दियो । यसबाट बीपीलाई मनमा चिसो पर्नुपथ्र्यो, तर परेन । यो उनैले स्वीकार गरेको कुरा हो । बीपीको एक्सन सुरू भएको थिएन, बंगलादेशमा क्रान्ति सुरू भइसकेको थियो । यो क्रान्ति एक किसिमले समाजवादीहरुको क्रान्ति थियो । त्यसैले, प्रयोगविहीन हतियार बीपीले बंगलादेशीहरुलाई दिनै प¥यो । जयप्रकाश आफैँले बीपीलाई भने ः
‘जति तपाईंसँग छ दिनुस्, तपाईंलाई अहिले जरूरत छैन भने, पछि तिरिहाल्छौँ ।’
अन्तमा, बीपीले बंगलादेशको क्रान्तिमा हतियार दिने नै निधो गर्नुप¥यो । हतियारजस्तो कुरा ट्रकमा अन्य सामानसरह बनारसबाट पटना गयो । पटनाबाट अर्को ट्रकमा पूर्णियाको बोर्डर गयो । त्यहा“बाट पूर्णिया, पश्चिम बंगाल र बंगलादेशको सीमा जोेडिएको ठाउ“बाट ती हतियार बंगलादेश गए । यो भारत सरकारको मौन समर्थनबेगर सम्भव थिएन ।
हतियार हस्तान्तरण गर्न बाबु (सुधीर), सुशील र चक्र गए । हतियार हस्तान्तरण गर्न गएकाहरुले के देखे भने त्यहा“ १८–१९ का किशोरहरु हतियारलाई खेलौनाको जस्तो व्यवहार गरिरहेका थिए । त्यसैले, बीपीले कर्नल राईलाई ट्रेनरका रुपमा पठाए । कर्नल राई त्यहा“ धेरै बसेर तालिम दिए । तालिमले पनि धेरै सुधार गर्न सकेन । बंगाली युवाहरुले छापामार युद्ध गर्नभन्दा खुल्लेआम भिड्नमा नै रूचि देखाए । राईका अनुसार यो आत्महत्याजस्तो थियो ।
बंगलादेशको मुक्ति मुक्तिबाहिनीको लडाइँ र प्रयत्नले मात्र अब सम्भव थिएन । त्यहा“ युद्ध नै चाहिएको थियो । त्यसपछि त भारतले सेना नै पठायो । यसरी बंगलादेशको निर्माणमा बीपीले नेपालमा क्रान्ति गर्न जम्मा गरेको हतियारको पनि ठूलो भूमिका रहेको छ ।
यो मद्दतको प्रतिफल भने नेपाली कांग्रेस वा बीपीले पाएनन् । मुजिबुर रहमानले खुल्ला रुपमा कृतज्ञतासम्म पनि व्यक्त गरेनन् । इन्दिरा गान्धी रिसाउलिन् कि भनेर कृतज्ञता पनि लुकेर व्यक्त गरे । न लगेका हतियार फिर्ता दिए, न त्यसको पैसा नै दिए । बीपी केवल बंगलादेशको निर्माणमा आफ्नो परिश्रम, साधनस्रोतले हतियार आपूर्ति गर्ने माध्यम, छापामारहरुलाई तालिम दिने माध्यम मात्र बने । बीपी भन्छन् ः
‘त्यस घटनामा मद्दत गर्दा मलाई अलिकति गाह्रो परेको थियो । मेरा हतियारहरु गए । मैले भन्ठानेको थिए“ कि यो एउटा सानो लगानी हो तर न प्रतिफल छ, न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ । मैले त्यसलाई पूरा गुमाए“ ।’ यो घटना नै हाइज्याकिङको बीउ भयो ।
समग्र घटनाक्रमले के संकेत गर्दछ भने त्यसबेला सोसलिस्ट इन्टरनेसनल र इन्दिरा गान्धीले बीपीलाई नजानिँदो तरिकाले बंगलादेशको मुक्तिमा प्रयोग गरे । नेपालमा सशस्त्र क्रान्तिको सम्भावना देखाएर त्यसको निमित्त हतियार संकलन गर्न उद्यत भएका बीपीले जबसम्म हान्समार्फत बंगलादेशको आन्दोलनमा सहमति जनाएनन्, कुनै मद्दत पाएनन् । सहमति जनाउनेबित्तिकै सजिलै हतियार वितरक पनि भेटियो, हतियारको निमित्त पैसाको चिन्ता पनि गर्नु परेन । सम्भवतः बंगलादेशको स्वतन्त्रता चाहने मुलुकहरु खुल्ला रुपले यो काम गर्न सक्दैन थिए । त्यसैले, कुनै असम्बन्धित मुलुकको असन्तुष्ट राजनीतिक शतिmको का“धमा बन्दुक राखेर चलाउन चाहन्थे । यसमा उनीहरु सफल पनि भए । कामको परिणाम नराम्रो भएको भए त्यसको अवगालको हिस्सेदार बीपी र नेपाली कांग्रेस पनि हुने थिए, तर राम्रो भएको जसमा आज कतै पनि बीपी वा नेपाली कांग्रेसको नाम छैन ।
Discussion about this post