चितवनमा २२९ विद्यार्थीलाई ४ जिपिए !

अन‌ि यो पनि

भरतपुर । एसइई परीक्षा लिन सम्भव नभएपछि सरकारले सम्बन्धित विद्यालयकै आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा प्रकाशन ग¥यो । चितवनमा १ सय २ सामुदायिक र १ सय २२ निजी विद्यालय तथा १ खुला विद्यालयमा जम्मा ११ हजार २ सय ५५ जना गत वर्षको एसइईमा सहभागी भए ।
सामुदायिक विद्यालयतर्फ २ हजार ७ सय ९७ छात्र र ३ हजार ४ सय ६२ छात्रा गरी कुल ६ हजार २ सय ५९ सहभागी थिए । निजी विद्यालयतर्फ २ हजार ७ सय ६२ छात्र र २ हजार २ सय ३४ छात्रा गरी कुल ४ हजार ९ सय ९६ सहभागी थिए । समग्रमा चितवनका विद्यालयमा एसइई विद्यार्थीका लागि दिइएको ग्रेड नम्बर तालिकामा उल्लेख छ ।
२२९ लाई ४ जिपिए
चितवनमा एसइई सहभागीमध्ये २ सय २९ जनाले शतप्रतिशत अर्थात् ४ जिपिए पाएका छन् । अघिल्लो वर्ष ४ जिपिए पाउने जम्मा ११ जना थिए । त्यसअघिको वर्षमा जम्मा २ जनाले ४ जिपिए पाएको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ । ए प्लस, ए र बी प्लससम्म ल्याउने विद्यार्थीको संख्या अघिल्लो वर्षको भन्दा बढी छ । चितवनको सामुदायिक विद्यालयतर्फको उत्कृष्ट मानिएको नारायणी नमुना मावि भरतपुरले ५ जना विद्यार्थीलाई ४ जिपिए दिएको छ । सबै विद्यालयको भिन्दाभिन्दै ग्रेड लिन नसकिएकाले पूरा जानकारी दिन नसकिएको शिक्षा कार्यालयले जनाएको छ ।

ग्रेड ०७५ को नतिजा ०७६ को नतिजा
४ जिपिए ११ २२९
ए प्लस ८०१ २४३६
ए १८५२ २११२
बी प्लस २२०९ २२९९
बी २४६८ २४३३
सी प्लस २३३९ १५५६
सी १०९१ २१८

नतिजा स्वाभाविक
जिल्ला शिक्षा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले यसवर्षको चितवनको एसइई नतिजा स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘राष्ट्रिय नतिजाअनुसार गत वर्ष चितवनको नतिजा १० प्रतिशत थियो भने यसवर्ष २ प्रतिशत देखिएको छ’, प्रमुख सुवेदीले भने, ‘चितवनका विद्यालयहरुले वास्तविक मूल्याङ्कन गरेका छन् ।’ उनले थपे, ‘नतिजा अस्वाभाविक देखिँदैन ।’
निजीको आफ्नै तर्क
जिल्लाका निजी विद्यालयहरुले विद्यार्थीहरुको वास्तविक मूल्याङ्कन गरेर नम्बर पठाएको बताएका छन् । स्मल हेभन मोडल स्कुल आँपटारीका प्रिन्सिपल विमल क्षेत्रीले विद्यार्थीको वास्तविक मूल्याङ्कन गरेर पठाएको बताए । १९ जनाले ए प्लस ल्याएका छन् । ‘हामीले चाहेको नम्बर दिन सक्थ्यौँ, तर उसको क्षमता के–कति हो हामीले बुझेका थियौँ, त्यसैले क्षमताअनुसार नम्बर दिइयो’, उनले भने । यस विद्यालयमा ४ जिपिए कसैले पनि पाएका छैनन् ।
भरतपुर क्षेत्रकै नाम चलेको अर्को निजी स्कुल लिटिल फ्लावर पनि हो । यस स्कुलका प्रिन्सिपल फादर रोबीले आफ्नो विद्यालयका ५२ जना विद्यार्थीले ए प्लस ल्याएको तर ४ जिपिए नपाएको बताए । ‘बढी नम्बर दिएर उसको क्षमता कदर नहुन सक्छ, ल्याकतअनुसारको नम्बर दिएका छौँ’, उनले भने ।
अर्किड स्कुल भरतपुरका सहायक प्रिन्सिपल ओमराज मैनालीले आफ्नो विद्यालयका ५ जना विद्यार्थीले ४ जिपिए ल्याएको बताए । त्यस्तै, २८ जनाले ए प्लस पाएका छन् । ‘विद्यार्थी परीक्षामै सहभागी भएको अवस्थामा पनि यति नम्बर ल्याउँथे’, मैनालीले भने, ‘नम्बर दिँदा हामीले न्याय गरेका छौँ ।’

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया