प्रचारप्रसारको अभावले ओझेलमा परमानन्द कुटी

अन‌ि यो पनि

ज्योतिनगर । एकान्तस्थलमा बसेर अध्यात्मवादमा रम्न चाहनेहरुको रोजाइमा रहेको भरतपुर–२६ को कालाबञ्जर मध्यवर्ती क्षेत्रमा पर्ने नारायणी नदीकिनारको परमानन्द कुटी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पश्चिम चितवनकै प्राचीन मार्ग भोसराघाट भगडीमा रहेको पौराणिक धार्मिक मह¤वको यो कुटीसँगै भगडी मन्दिर संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन् ।
पहिलेदेखि आदिवासी थारु, बोटे, कुमालहरुको विशेष पूजा गर्ने स्थल मानिने र प्रत्येक वर्ष हरिबोधनी एकादशीमा मेला लाग्ने ऐतिहासिक धार्मिक मह¤व बोकेको शिवथानमा स्थानीयवासीको ध्यान गए पनि स्रोतसाधन नहुँदा संरक्षण र संवद्र्धन गर्न नसकिएको बताउँछन्, कालाबञ्जर थारु होमस्टे सञ्चालक समितिका अध्यक्ष रामप्रसाद महतो ।
नारायणगढदेखि करिब १२ किलोमिटर पश्चिम गोब्रेनीबाट लगौँटा, गाजीपुर, सिमरीटाउन, सिस्वाह, खयरघारी हुँदै पुगिने भगडी क्षेत्र नारायणी नदीमा पुल नबन्दासम्म डुङ्गाको माध्यमबाट नवलपरासीको पिठौलीसम्म आवतजावत गरिने स्थान पनि हो । यही असारको अन्तिम हप्ता आएको बाढीले तटबन्ध भत्काएर मन्दिर डुबानमा परेको बताउँदै बलियो तटबन्ध र वन्यजन्तुहरुको आक्रमण नहोस् भन्नका लागि तारबार हुनुपर्ने बताउँछन् उनी ।
शिवथानमा विशेषगरी हरिबोधनी एकादशीका दिन मेला लाग्ने र हरेक वर्षको महाशिवरात्रि, श्रीपञ्चमी, साउन महिनाका साथै विभिन्न अवसरमा धर्मावलम्बीहरुको घुइँचो लाग्ने परमानन्द कुटीका श्री शिव चैतन्य ब्रह्मचारी बताउँछन् । उनले शिशै भगडीसम्म पुग्ने सडक विस्तार गरी परापूर्वकालदेखि लाग्दै आएको मेलालाई निरन्तरता दिनुपर्ने बताए । उनी भन्छन्, ‘एकान्तस्थलमा अध्यात्मवादमा रम्न चाहनेहरुको रोजाइमा परमानन्द कुटी परे पनि प्रचारप्रसारमा ल्याउन नसक्दा ओझेलमा परेको छ ।’ यस क्षेत्रको विकासका लागि धार्मिक कार्यक्रम तथा महायज्ञ गरिनुपर्नेमा जोड दिन्छन् उनी ।
यो स्थान नारायणी नदीको किनारमा भएको र आदिवासी थारु समुदायको धार्मिक तथा प्राचीन मह¤व बोकेको नोकिया ताल विसं २०४५ सालसम्म अस्तित्वमा रहेको एवं जलदेवी भनेर पुजिने सो ताल अनेकौँ धार्मिक किंवदन्ती र धर्मकथासँग जोडिएको ऐतिहासिक धार्मिक सम्पदा हो । उनी भन्छन्, ‘हामीले देख्दादेखि नै यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको थियो ।’
श्री शिव चैतन्य ब्रह्मचारीले शिशै भगडीसम्म पुग्ने सडक विस्तार गरी परापूर्वकालदेखि लाग्दै आएको मेलालाई निरन्तरता दिनुपर्ने बताए । उनी भन्छन्, ‘अध्यात्मवादमा रम्न चाहनेहरुको रोजाइमा परमानन्द कुटी परे पनि यसको मह¤व तथा ध्यान, योगा कार्यक्रमहरु प्रचारमा ल्याउन सके धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।’
प्रचुर सम्भावना बोकेको मह¤वपूर्ण पर्यटकीयस्थलसमेत रहेको यो क्षेत्र नारायणीकिनारमा फैलिएको लामो बाक्लो सिमसार क्षेत्रमा हिउँदमा चराचुरूङ्गीले ढाक्ने बताउँछन्, मध्यवर्ती क्षेत्र कालाबञ्जर उपभोक्ता समितिका अध्यक्ष भूपालनाथ कँडेल । हिउँदमा पर्याप्त पर्यटक आए पनि बाटोघाटोको सुविधा नहुँदा समस्या भएको र भ्यू–टावर, पिकनिक स्थल तथा पार्क र होमस्टे, पदमार्ग, शवदाह क्षेत्रलगायत निर्माण गर्न सके भगडी पर्यटन क्षेत्रको मुहार फेरिने उनको धारणा छ । सिमसार क्षेत्र भएकाले बाघको बासस्थान तथा हिउँदमा देखिने साइबेरियन चरा, क¥याङकुरूङलगायत धेरै प्रजातिका चराहरु, एकसिङ्गे गैँडा तथा गोहीको मुख्य बासस्थान, नोकिया ताल, थारु सङ्ग्रहालय यहाँको मुख्य विशेषता रहेको उनको भनाइ छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया