पुजारी हत्याको विरोध गर्दा विद्यार्थी पक्राउ

अन‌ि यो पनि

काठमाडौँ । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेशसिंह लगायत १२ वद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ ।
राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष नीराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, विजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजनसहित १२ विद्यार्थी नेता कार्यकर्ताहरुलाई पक्राउ गरी दरबारमार्ग प्रहरीचौकीमा राखिएको छ । बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया