प्रशासन भन्छ : ‘बैंकमा जाँदा हिँडेर जानु’

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९ गते राति १२ बजेसम्मको लागि जारी गरेको तेस्रो चरणको निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरु तीन घण्टा मात्रै खुल्न पाउने भएका छन् ।

आज राति १२ बजेदेखि सूरु हुने तेस्रो चरणको निषेधाज्ञा अवधीमा नी ट्रान्सफर र सहकारी सहितका बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मसञ्चालन गर्न पाइने छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा शुक्रबार जारी गरिएको निषेधाज्ञाको सूचनामा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र अत्यावश्यक खाद्य सामग्री किन्नुपरेमा नजिकको पसलमा हिँडेर जान भनिएको छ ।

बैंक खुल्ने भएपछि सर्वसाधारणले पैसा झिक्न वा राख्न बैंकसम्म कसरी जाने भनेर हामीले प्रशासनलाई सोध्यौँ । यसबारे प्रजिअ भट्टराईद्धारा जारी गरिएको सूचनामा केहि उल्लेख नगरिएको भएपनि सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भने बैंकसम्म पुग्न बैंकका कर्मचारी तथा सर्वसाधारणहरु हिँडेर जान सक्ने बताए । ‘सूचनामा उल्लेख नगर्नुको अर्थ कर्मचारी र सर्वसाधारण पैदल जान पाउने हो’, उनले भने, ‘नजिकको बैंकमा जान प¥यो । पैसा झिक्नेले चेक देखाउन प¥यो, राख्नेले पैसा देखाउन प¥यो ।’

कर्मचारीहरु पनि परिचय पत्र देखाएर पैदल हिँडेर बैंक तथा वित्तिय संस्था जान पाउने उनले बताए । बैक तथा वित्तिय संस्थाले ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित भएर सेवा दिन सूचनामा भनिएको छ । त्यसरी जाँदा कर्मचारी र सर्वसाधारणले सुरक्षाकर्मीहरुबाट दुःख नपाउने उनले दाबी गरे । संक्रमण नियन्त्रणका लागि सबै सचेत हुन उनले आग्रह गरे ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...