भरतपुर । युवा किसान संघ नेपाल चितवनको बुधबार नारायणगढमा सम्पन्न भेलाले मीनराज गौतमको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
समितिको सचिवमा धु्रव खनाल रहनुभएको छ । संघका केन्द्रीय सदस्य सुरज तिवारीको अध्यक्षता एवम् केन्द्रीय सचिव प्रकाश ढुंगानाको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सचिव ढुंगानाले युवाहरुलाई व्यवसायिक कृषितर्फ आकर्षित गरी बढ्दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न संघले योजना बनाएको बताउनुभयो ।
उहाँले चितवनमा पोल्ट्री, माछा, केरा, मह, दूध, तरकारीजस्ता कृषिजन्य उत्पादनलाई अझै वैज्ञानिक ढंगले वृद्धि गर्न युवा किसानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य गंगालाल लामाले पनि मन्तव्य राख्नुभएको थियो । भेलाले जिल्लाका युवा किसानहरुलाई बृहद रुपले संगठित गरी कमिटी तयार गर्न सम्मेलन आयोजक कमिटीलाई जिम्मेवारी दिएको केन्द्रीय सदस्य तिवारीले जानकारी दिनुभयो । संघ एमालेनिकट अखिल नेपाल किसान महासंघको युवा मोर्चाका रुपमा स्थापना गरिएको हो ।
Discussion about this post