थप एक कोरोना संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा शुक्रबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सिएमसीमा उपचाररत एक महिलाको मृत्युपछि शुक्रबारै पुष्पाञ्जली अस्पतालमा उपचाररत एक पुरुष संक्रमितको पनि मृत्यु भएको छ ।
श्वासप्रश्वासमा गम्भीर समस्या भई पुष्पाञ्जलीमा भर्ना भएका मृतक भरतपुर २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषमा भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरको सहायताले सघन उपचार कक्षमा उपचाररत उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड १९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिए ।
अस्पतालका अनुसार मृतक व्यक्ति लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...