सिएमसीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी)मा उपचाररत एक कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । हेटौंडा १९ कि ७१ वर्षीय महिलाको मृत्यु भएको हो।
स्वाशप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते संक्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचारका क्रममा शुक्रबार बिहान ६ः५० बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।
२० जनाको अवस्था गम्भीर
चितवन मेडिकल कलेजमा शुक्रबार बिहानसम्म ७२७ जनाको स्वाब परीक्षण भएको छ । जसमा १०९ जनाको रिपोर्ट पोजिटिभ आएको र अहिले ४२ जना उपचाररत रहेका छन् । उपचाररतमध्ये २० जनाको अवस्था गम्भीर तथा क्रिटिकल रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया