ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अस्थायी शिक्षकको समाधान खोज

by चितवन पोष्ट
२०७१ बैशाख २५, बिहीबार ०१:५३ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गरिनु पर्ने माग राखेर अस्थायी शिक्षकहरु पुनः आन्दोलनमा उत्रिएका छन् । वर्षौंदेखि पटकपटक आन्दोलन र अनशन बस्दै आएका अस्थायी शिक्षकहरुले सरकारले विगतमा गरेको सहमति र प्रतिबद्धता कार्यान्वयन गर्न चर्को दबाब दिइरहेका छन् । ०६३ सालअघि अस्थायी नियुक्ति पाएका शिक्षकहरु १७ हजारको हाराहारीमा छन् । ०६३ मंसिरमा तत्कालीन आठ राजनीतिक दल र नेपाल शिक्षक संगठनका प्रतिनिधिबीच आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्ने सम्झौता भएको थियो । तर, सरकारले पटकपटक उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगर्दा यस्तो स्थिति देखा परेको हो । वर्षौंदेखि अस्थायी अवस्थामा रहने स्थिति राज्यले नै सिर्जना गरेको हो । लामो समयसम्म स्थायी शिक्षक नियुक्ति गर्न नसक्नु राज्यको लाचारी हो ।
आवश्यक जनशक्ति अस्थायी शिक्षक नियुक्तिबाट व्यवस्थापन गर्दै आए पनि योग्यता पुगेका र आन्तरिक प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका शिक्षकहरुलाई स्थायी प्रक्रिया सुरू गर्न नसक्नु राज्यको गम्भीर लापर्बाही हो । सरकार र शिक्षक संगठनबीच अस्थायी दरबन्दीका लागि आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने सहमतिपछि शिक्षक सेवा आयोगले परीक्षा रोकेको थियो । ०६३ अघिका १३ हजार अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया सुरू गरेपछि ०६३ पछि नियुक्त भएका अस्थायी शिक्षकहरुले पनि आफूहरुलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गरिनु पर्ने र हटाउन नपाइने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । ०६३ अघि र पछि नियुक्त भएका अस्थायी शिक्षकहरुले छुट्टाछुट्टै संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । अस्थायी शिक्षकका माग उनीहरुका लागि जायजै भए पनि वाञ्छनीय योग्यता पुगेका र प्रतिस्पर्धात्मक क्षमता भएका नयाँ जनशक्तिका लागि भने न्यायोचित देखिएको छैन । राज्यले यस विषयमा समयमै गम्भीरता नदेखाउँदा समस्या बढेर गएको छ ।
राज्यले समयमै स्थायी समाधान ननिकाल्ने हो भने राहत दरबन्दीमा रहेका र पछि नियुक्त हुँदै जाने शिक्षकहरुले पनि यही अवस्थाको पुनरावृत्ति गर्नेछन् । सरकारले गरेका सहमति कार्यान्वयन नगर्ने रोग पुरानै हो । आन्दोलनले उग्र रुप लिएपछि मात्रै कान खोल्ने प्रवृत्ति विद्यमान छ । ०६३ सालमा पनि अस्थायी शिक्षकहरुले १४० दिनसम्म रत्नपार्कमा अनशन बस्दा सरकारको ध्यानाकर्षण भएन, त्यसपश्चात् दुई दिन सिंहदरबार घेराउ गरेपछि माग पूरा गर्ने सहमति ग¥यो । सरकारले अस्थायी शिक्षकसँग विगतमा भएका सहमति कार्यान्वयन गर्नुको विकल्प छैन । हतारमा सहमति गर्ने र पछि कार्यान्वयन नगर्ने सरकारको रवैया खेदजनक छ । प्रतिस्पर्धाका आधारमा अवसर सिर्जना गर्न राज्य चुक्नुहुँदैन । अहिले शिक्षकहरु आन्दोलित भइरहँदा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठनमा असर पुगेको छ । आफ्नो अधिकारको लडाइँ लड्दा लाखौँ विद्यार्थीको अधिकार र भविष्यमाथि खेलबाड हुनुहुँदैन । त्यसैले, राज्यले अस्थायी शिक्षकहरुको यथाशीघ्र समाधान खोज्नु अनिवार्य छ ।

Related Posts

Chitwan Post

बढ्दो बलात्कारका घटना

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In