एउटै व्यक्तिको नमुना चारदेखि पाँचपटकसम्म परीक्षण

अन‌ि यो पनि

भरतपुर । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा एउटै व्यक्तिले चार/पाँच पटकसम्म सिसिआर परीक्षण गर्ने गरेको पाइएको छ। कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीका अनुसार एउटै व्यक्तिले आफू डराएर वा इच्छाएर विभिन्न संस्थाबाट एकै दिन नमुना पठाउने गरेका छन्। जसले गर्दा प्रयोगशालामा अत्याधिक चाप बढ्न गएको उनको भनाइ छ। हाल दैनिक सरदर एक हजार नमुना आउने गरेको प्रयोगशालामा एउटै व्यक्तिबाट पटकपटक नमुना आउँदा वास्तविक संक्रमितले समयमै रिपोर्ट पाउन नसकेको उनले बताइन्।

चितवनमा भएको पिसिआर मेरिन ‘अटोमेटिक’ नभई ‘म्यानुअल’ भएकोले एक पटक परीक्षण गरेको नमुनाको रिपोर्ट आउन ६ देखि ८ घण्टासम्म लाग्ने हुँदा एउटै व्यक्तिको धेरैपटक नमुना आउँदा प्रत्यक्ष प्रभावमा वास्तविक जोखिममा रहेकाहरू पर्ने गरेका छन्। एक पटकमा ९० वटासम्म नमुना परीक्षण गर्न सकिन्छ। त्यसलाई चौबीस घण्टामा तीन चरण गरी परीक्षण गरे पनि २७० वटा मात्रै नमुना परीक्षण गर्न सकिन्छ। तर, अहिलेको अवस्थामा पाँच वटा नमुनालाई एकै ठाउँमा मसिाएर ‘पुल म्याथड’बाट परीक्षण गर्दा पनि ४५० वटाभन्दा बढी नमुना परीक्षण गर्न सकिने अवस्थामा नरहेको प्रयोगशालाले जनाएको छ।

साथै गम्भीर खालका बिरामी, अप्रेसन गर्नुपर्ने खालका बिरामी, मृत्यु भएकाहरूको नमुना र स्वास्थ्यकर्मीकै नमुना परीक्षण गर्नुपर्ने भएकोले समयमै सबैलाई रिपोर्ट दिन नसकेको उनले स्पष्ट पारिन्। ‘अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौँ हामी, त्यसैले गम्भीर खालका केसमा २४ घण्टाभित्रै रिपोर्ट दिनुपर्ने दबाब छ,’ डा अधिकारीले भनिन्, ‘तैपनि सकभर हामी समयमै रिपोर्ट दिने प्रयासमै काम गरिरहेका छौँ।’ समुदायमा संक्रमितको खर उच्च हुँदै गएकोले संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा संक्रमितको दर झनै बढ्ने हुँदा नमुनाको चाप पनि बढ्दै गएको उनले बताइन्। ‘एकजना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्दा कम्तिमा पनि ३० देखि ५० जनाको नमुना परीक्षण गर्नुपर्ने भएकोले पनि चाप बढी भएको उनको भनाइ छ। ‘तैपनि हामीले ‘फस्र्ट कम फस्र्ट प्रायरिटि’कै आधारमा काम गर्ने प्रयास गरिरहेका छौँ।’ उनले भनिन्।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया