एउटै उद्योगका १० जनामा कोरोना

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको एउटै उद्योगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रत्ननगर–४ देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यरत १० जना कामदारमा कोरोना संक्रमण देखिएको हो ।

भरतपुर कोरोना प्रयोगशालामा बुधवार गरिएको परीक्षणका क्रममा १४ जनामध्ये १० जना सो उद्योगमा काम गर्ने कामदार रहेको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना पुष्टि भएका १० जना कोही स्थानीय र कोही जिल्ला बाहिरका कामदार रहेको उनले बताए ।

साउन ३१ गते सोही उद्योगमा काम गर्ने दुई जना कामदारलाई कोरोना संक्रमण पुष्टि भएपछि गत विहीवार १४ जनाको स्वाव संकलन गरिएको थियो । अघिल्ला दुई जनामा संक्रमण पुष्टि भएपछि सो उद्योग सिल गरिएको छ ।

ठुलो संख्यामा कामदारमा कोरोना पोजेटिभ देखिएपछि सो उद्योग अझ कडा सिल गर्ने तयारी गरिएको पौडेलले बताए । रत्ननगरमा अहिले सम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८ जना मध्य ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया