मुटुको उपचार गर्न जाँदा उल्टै थपियो रोग

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना मुटुरोगी महिलामा संक्रमण पुष्टि भएको छ । आफ्नै खर्चले पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएकी कावासोतीकी एक महिला मुटुरोगी भएको खुलेको हो ।
पारिवारिक स्रोतका अनुसार कावासोती–३ की ६५ वर्षीया महिलामा भाइरस पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मुटुको अप्रेसन गर्न जाँदा उनमा पोजेटिभ देखिएको कावासोती स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । एक साताअघि अप्रेसनका लागि गएकी ती महिलाको पहिला कोरोना भाइरस परीक्षण गरी नेगेटिभ देखिएपछि मुटुको अप्रेसन भएको र अप्रेसनपछि पुनः परीक्षण गर्दा नेगेटिभ आएको नागिलाले बताए ।
उनको अहिले चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भइरहेको छ । उनको मुटुको सफल अप्रेसन भएको बताइएको छ ।
चितवन मेडिकल कलेजमा अहिले त्यहाँका स्वास्थ्यकर्मीदेखि उपचारका लागि गएका बिरामीहरुमा समेत संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजमा कार्यरत नवलपुरका १० बढी कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ भने त्यहाँ उपचाररत नवलपुरका केही बिरामीमा समेत संक्रमण देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया