भारतमा सङ्क्रमितको सङ्ख्या ३२ लाख ८० हजार नाघ्यो

अन‌ि यो पनि

नयाँ दिल्ली । भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घन्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १०५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३२ लाख ८० हजार ९६२ पुगेको छ । तीमध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् ।
हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोनामुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमण सुरु भएयता भारतमा यस रोगबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ ।

त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ । [रासस/एएनआई]

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया