रत्ननगर । सडक सुधार र ढल निर्माणको लागि रत्ननगरका व्यवसायीहरुले मंगलत्रबार सडक डिभिजन कार्यालय भरतपुरको ध्यानाकर्षण गराएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले पूर्वीचितवनको टाँडी, पर्सा, भण्डारा र लोथरमा ढल निर्माण र सडक सुधारका लागि तत्काल काम सुरू गर्न डिभिजन कार्यालयलाई आग्रह गरेका छन् । महेन्द्र राजमार्गको २५ मिटर सडक दा“या–बा“या निर्माण भइरहेको ढल निर्माण कार्य पूरा नभएको र निर्माण सामग्रीहरु जथाभावी बाटोमा राखिएका कारण बाटो साँघुरो भई दुर्घटना बढ्न गएको भन्दै व्यवसायीहरुले डिभिजन सडक कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
संघले पूर्वीचितवन क्षेत्रको सडक मर्मत र ढल निर्माण गरी व्यवस्थित शहर निर्माण गर्ने कार्यमा सहकार्य गर्न सडक डिभिजन कार्यलयसँग अनुरोध गरिएको संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।
Discussion about this post