भलुहीमा ३० बेडको आइसोलेशन सञ्चालनमा

अन‌ि यो पनि

बारा, भदौ १० । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा निर्माण भएको ३० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ ।

पछिल्लोसमय कोरोना भाइरसको संक्रमण बढेसँगै नगरपालिकाले वडामा ३० बेडको आइसोलेशन निर्माण गरेको हो । वडाभित्रका बढेका संक्रमितको उपचार र व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नै क्षेत्रभित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गरिहेको वडा अध्यक्ष असलम देवानले जानकारी दिए ।

पछिलोपटक वडा नम्बर २३ मा एकैदिन ५ जना र त्यसभन्दा पहिलो ४ जना संक्रमित भएको पाइएको थियो । वडामा रहेका ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलेशनमा, दुई जना म्यागनेश फर्मामा, तथा बाँकी ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...