दिसापिसाब गर्दा कस्तो सावधानी अपनाउने ? (संस्कार चिन्तन)

अन‌ि यो पनि

स्नान गर्नुपूर्व शौचालय जानुपर्छ । यथासम्भव खुला ठाउँमा शौच जानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । खुला ठाउँ सम्भव नभएमा घरमा प्रत्येक व्यक्तिका लागि अलग–अलग शौचालयको व्यवस्था हुनु राम्रो मानिन्छ किनभने घरका सबैजना एउटै शौचालयमा जाँदा कीटाणुहरुको सङ्क्रमणले विभिन्न रोगहरुले आक्रमण गर्छन् । यदि प्रत्येक व्यक्तिका लागि अलग–अलग शौचालयको व्यवस्था गर्न सम्भव छैन भने शौचालय दिनहुँजसो सफाइ गर्न विशेष ध्यान दिनुपर्छ ।
शिर तथा कानमा कपडा बेरेर, टुप्पी र कपडाका गाँठाहरु खोलेर तथा पूर्व वा उत्तर दिशातर्पm फर्केर दिसा गर्नुपर्छ । शिर र कानमा वस्त्र बेर्नाले रक्तप्रवाहको दबाब ऊध्र्वमुखी नभएर अधोमुखी हुन्छ किनभने शिर र कानका स्नायुहरुको सीधा सम्बन्ध मलाशयसँग हुन्छ, जसका कारण दिसा राम्रोसँग खुल्छ वा सफा हुन्छ । धुम्रपान गर्दै, पत्रिका पढ्दै र मोबाइल हेर्दै दिसा जाने बानी परेका व्यक्तिमा रक्तप्रवाहको दबाब ऊध्र्वमुखी हुने भएकाले त्यस्ता व्यक्तिमा कब्जियतको र मस्तिष्कसम्बन्धी स्वास्थ्य समस्या हुन्छ । जुन दिशातर्पmबाट वायु प्रवाह भइरहेको छ त्यही दिशातर्पm फर्केर दिसा गर्नाले दिसाबाट कीटाणुहरु श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र प्रवेश गर्न सक्तैनन् । बिहान र बेलुका वायु प्रायः पूर्वबाट पश्चिम दिशातर्पm र उत्तरबाट दक्षिण दिशातर्पm प्रवाहित हुने भएकाले यथासम्भव खुला ठाउँमा पूर्व र उत्तर दिशातर्पm फर्केर दिसा गर्ने व्यवस्था गरिएको हो, तर नेपालमा सर्वत्र खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा गर्ने अभियान चल्दै गएका कारण र धेरैजसो व्यक्तिहरु घरकै शौचालयमा शौच जाने गरेका कारण वर्तमान समयमा खुला ठाउँमा दिसापिसाब गर्नु अमर्यादित र अशोभनीय मानिन्छ ।
दिसापिसाब गर्दा नबोल्नु शास्त्रीय र वैज्ञानिक दुवै दृष्टिले युक्तिसङ्गत देखिन्छ । बोल्दा दिसापिसाबका कीटाणु शरीरभित्र प्रवेश गर्ने र अपान वायु सक्रिय हुन नपाउने भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । त्यसैले हाम्रा शास्त्रहरुले दिसापिसाब गर्दा, सम्भोग गर्दा, रक्त आदि प्रवाह हुँदा, दाँत माझ्दा, श्राद्ध गर्दा र भोजन गर्दा मौन रहन निर्देशन दिएका हुन् :
उच्चारे मैथुने चैव
प्रस्रावे दन्तधावने ।
श्राद्धे भोजनकाले च
षट्सु मौनं समाचरेत् ।।
(हारीत)
यस श्लोकमा ‘श्राद्ध’ शब्दका ठाउँमा ‘स्नान’ शब्द पनि पाठभेदका रुपमा उल्लेख भएको पाइन्छ । नुहाउँदा मन्त्र वा स्तोत्र उच्चारण गर्न सकिन्छ तर विनामन्त्र वा स्तोत्र स्नान गर्दा बोल्न निषेध गरिएको हो ।
दिसापिसाब उठी उठी होइन बसेर नै गर्नुपर्छ भन्ने कुरामा हाम्रा शास्त्रहरुले हामीलाई निर्देश गरेका छन् तर वर्तमान समयमा पशुहरुले जस्तै उठी उठी दिसापिसाब गर्ने दुष्प्रचलन बढ्दै गएको छ । कम्बोटमा बसेर दिसापिसाब गर्नु पनि एकप्रकारको अर्धउठाइ नै हो । प्रायः महिलाहरुले बसेरै दिसापिसाब गर्छन् तर पुरूषहरुमा भने उठेर पिसाब गर्ने दुष्प्रवृत्ति न्यून हुने लक्षण देखिएको छैन । उठी उठी दिसापिसाब गर्नु मर्यादाविपरीत त हुँदै हो, साथै त्यसबाट दिसापिसाबका कीटाणु यत्रतत्र पैmलिने र राम्रोसँग दिसा साफ नभई कब्जियतको समस्या पनि बेहोर्नुपर्ने हुन्छ ।
दिसापिसाब गइसकेपछि माटो र पानीले हात सफा गर्ने व्यवस्था हाम्रा ऋषिमुनिहरुले गरेका थिए तर वर्तमानमा साबुन र पानीको प्रयोग गरिन्छ । तर, पाश्चात्य दुष्प्रवृत्तिको देखासिकी गरेर साबुन र पानीको समेत प्रयोग नै नगरीकन केवल कागजका टुक्रा (ट्वाइलेट पेपर)को प्रयोग गर्नु शास्त्रीय र स्वास्थ्य दुवै दृष्टिले अनुपयुक्त देखिन्छ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

 

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया