स्वाब संकलनमा लापर्बाही, भिटिएम रित्तै, रिपोर्ट फुस्सा !’

अन‌ि यो पनि

भरतपुर । स्वाब संकलनमा चरम लापर्बाही हुने गरेको पाइएको छ । यतिसम्मको लापर्बाही कि स्वाब नै नभएको खाली भाँडो परीक्षणका लागि भन्दै पठाइन्छ । लापर्बाहीका अरु तरिका भनेको स्वाब पोखिने, स्वाब संकलित भाँडो (भिटिएम) साटिने, विवरण भरिएका कागज धेरै तर नमुना एउटा मात्र हुनेजस्ता रहेका छन् ।
संवेदनशील विषयमा भएको यो खेलाँचीको मूल्य महँगो पर्ला भन्ने कमैले सोचेका छन् । ‘परीक्षणका लागि ल्याबसम्म आइपुग्दा रित्तो भाँडा आइपुग्छ, अब के जाँचेर रिपोर्ट दिनु’, भरतपुर कोभिड ल्याबमा कार्यरत एक कर्मचारीले भने, ‘त्यस्तै अवस्थामा हामी केही रिपोर्ट दिन सक्दैनौँ, स्वाब दिने मान्छे नतिजा कुरिरहेका हुन्छन् ।’
दुई हप्ता हुँदा पनि किन स्वाबको नतिजा आउँदैन भन्ने प्रश्नमा ती कर्मचारीले भने, ‘स्वाव संकलनका क्रममा भएका त्रुटिले गर्दा रिपोर्ट दिइएन भनेर हामीमाथि दोष थुपारिने गरिएको छ, जुन गलत बुझाइ हो ।’
ल्याबमा कार्यरत कर्मचारीका अनुसार व्यक्तिगत विवरण फाराम र स्वाब भएको भाँडोसमेत साटिएर पुग्ने गरेको छ । यही मान्छेको भन्ने यकिन हुन्न, नेगेटिभ देखिएमा ठीकै छ तर साटिएकामध्ये कुनै एकमा पोजेटिभ देखिएमा कसको भनेर रिपोर्ट दिने, यो समस्याको विषय बनेको छ । एकै व्यक्तिको ३ वटासम्म व्यक्तिगत विवरण कागज हुन्छ, तर स्वाब खोज्दा पाइँदैन, यस्तो अवस्थामा पनि समस्या हुने गरेको प्राविधिक कर्मचारीको भनाइ छ । ‘स्वाब हाल्ने भाँडाको बिर्को खुला अवस्थामा हुन्छन्, स्वाब पोखिएको अवस्थामा आइपुग्छ, यस्ता कमजोरीहरु स्वाब तान्ने वा व्यवस्थापन गर्नेले हेर्ने हो नि, हामीलाई किन दोष दिनु’, ती कर्मचारीले भने ।
खतरा हुन सक्छ
स्वाब संकलनमा देखिएको असावधानीले कोरोना फैलाउन सहयोग गरिरहेको हुन सक्छ । भरतपुर अस्पतालमै भएका दुई घटनाबाट पनि यसको जोखिम आँकलन गर्न सकिन्छ । हेटौँडाबाट आएकी एक महिलाको भदौ १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन भयो । भरतपुर अस्पतालको आइसियू कक्षमा उनलाई भर्ना गरिएको थियो । ३ दिन बित्दा पनि रिपोर्ट आएन । किन आएन रिपोर्ट भनेर सोधपुछ गर्दा पत्ता लाग्यो, स्वाब कतै हराएछ । फेरि पनि परीक्षणका लागि भन्दै ४ गते पुनः स्वाब दिइयो । ६ गते बिहान रिपोर्ट आयो पोजेटिभ । कोराना नभएको बिरामी भनी सामान्यतर्फको आइसियूमा उनको उपचार भएको थियो ।
यसअघि पनि जेठ ८ गते भरतपुर–६ का एक पुरूषको स्वाब हराएकोमा अस्पतालले नेगेटिभ भनी चोखिने प्रयास गरेको थियो । तर, भोलिपल्ट जाँच्दा उनमा पोजेटिभ पाइएको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया