धादिङमा भदौ १६ गतेसम्म निषेधाज्ञा

अन‌ि यो पनि

धादिङ । धादिङ जिल्लामा जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा गरेको गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि नीलकण्ठ नगरपालिका क्षेत्रका भागमा निषेधाज्ञा लगाएको हो ।
औषधि पसल र खाद्यान्न पसल तथा अत्यावश्यकीय पसलहरु बाहेकका सबै क्षेत्र बन्द गर्ने गरी निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग एन २०२० अनुसार साउन २८ गते रातीदेखि लागू गरिएको निषेधाज्ञा भदौ ९ गतेसम्म कायम थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ल प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले बताए । जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा बढाइएको हो ।
निषेधाज्ञाको अवधिमा धादिङबेँसी भर्याङभुरुङ सडक निर्माण, धादिङबेँसी सडक मर्मत स्तराउन्नति, गजुरी भदौरे सडक, धुनिबेँसी वृद्धाश्रम र विश्रामस्थल निर्माण, थोपलखोला हाइड्रोपावर निर्माण, अवरुद्ध भएका सडक मर्मत र राहत सामाग्री ओसारपसारको काम भने सञ्चालन हुनेछ ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया