फेसबुकबाटै जुटाए ६ लाख

अन‌ि यो पनि

भरतपुर । इच्छाकामना ३ चैबुङकी शर्मिला गुरूङको उपचारका लागि करिब दुई हप्ताको अवधिमा युवा व्यवसायी एवम् सामाजिक अभियन्ता कृष्णबहादुर गुरुङले छ लाख रूपैयाँभन्दम बढी रकम संकलन गरेका छन्। दुवै मिर्गौलाले काम गर्न छाडेपछि विगत चारवर्षदेखि उपचाररत शर्मिलाको उपचारमा आर्थिक समस्या भएपछि कृष्णबहादुर गुरूङले फेसबुकमार्फत सहयोग रकम संकलनको लागि अभियान नै चलाएका थिए। सोही आधारमा देशी तथा विदेशी गरी ६९ जना नेपालीबाट ६ लाख १० हजार ६८२ रुपैयाँ संकलन भएको उनले बताए। उनका अनुसार सहयोग संकलन हुने क्रम अझै जारी छ।

शर्मिलाले अहिले पनि हप्तामा दुईपटक पुरानो मेडिकल कलेजबाट डायलासिस गर्दै आइरहेकी छिन्। छोरीको उपचारमा जग्गा र गहना बेचेर उपार गरे पनि खर्च अपुग भएपछि उपचारबाट बञ्चित हुनुपरेको अवस्थामा सहयोगी दाताहरूबाट रकम संकलन हुन थालेपछि उपचारको लागि थप आशा पलाएको शर्मिलाका बुबा तेजबहादुरले बताए। अब भने छोरीले उपचार पाउनेमा आशावादी रहेको उनले बताए। चिकित्सकले १९ वर्षीया शर्मिलाको मिर्गौला फेर्नुपर्ने बताएका छन्।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया