पाउन थाले गर्भवतीले सेवा

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन्।
अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको थियो। अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो। अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा बढी प्रसूति गराइँदै आएको थियो। अकस्मात अस्पताल बन्द भएपछि बिरामी प्रभावित भएका थिए।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत बुधबार अस्पताल खुलेको दिन अस्पतालमा १७ जनाको प्रसूति गराएकोमा हालसम्म ५८ जनाले प्रसूति गराएका छन् । उनका अनुसार सोमबार १७ जनाले सुत्केरी सेवा लिएका थिए। तीमध्ये १५ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको छ।
धेरैलाई अस्पताल खुलेको थाहा नभएर अझै आई नसकेको उनको भनाइ छ। अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले अस्पताल खुलेसँगै सबैभन्दा बढी मकवानपुरबाट महिलाहरु सेवा लिन आएको बताए। चितवन, नवलपरासी, गोर्खा, लमजुङलगायत जिल्लाबाट बिरामी आएको उनको भनाइ छ ।
निजीमा भर्ना हुन सहज छ भने खर्च महङ्गो लाग्ने गर्दछ। साधारण सुत्केरी हुनेले रु २० हजारसम्म र शल्यक्रिया गर्नुपर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गर्दछ। सरकारीमा प्रसूति सेवा निःशुल्क भएर घर फर्कदा एम्बुलेन्स खर्चसमेत पाइन्छ। सापकोटाका अनुसार जिल्लामा सङ्क्रमण देखिएयता भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा सुनिलमणी पोख्रेलवाहेकलाई सङ्क्रमण भएको छैन। त्यहाँ कार्यरत २२ मध्ये २१ चिकित्सक र ४० नर्ससहित सहयोगीहरु सबै सुरक्षित छन्। रासस
प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया