पूर्वी चितवनमा संयुक्त आइसोलेसन सञ्चालन

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनका चार स्थानीय तहले संयुक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रत्ननगर– ५ टरौलीमा चार नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन केन्द्र सञ्चालन गरेका हुन । रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाले टरौली स्थित नेपाल कृषि सहकारी केन्द्रीय संघको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन सञ्चालन गरेका हुन ।

पहिलो चरणमा २६ बेडको सो आइसोलेसनमा राप्तीका दुई जना संक्रमित महिला र खैरहनीका दुई जना संक्रमित पुरुषलाई राखिएको रत्ननगर वडा नं ५ का वडाध्यक्ष कृष्ण महतोले जानकारी दिए । रत्ननगर वडा नं ८ का संक्रमित एक जना युवालाई समेत सो आइसोलेसनमा राख्ने तयारी गरिएको उनले जानकारी दिए । चित्रसारीका ती युवा एक हप्ता अघि देखि होम आइसोलेसनमा छन । चार नगरपालिकाले सयुक्त रुपमा आर्थिक व्यवस्थापन गर्ने गरी सञ्चालनमा ल्याइएको सो आइसोलेसनमा लक्ष्यण नभएका संक्रमितहरुलाई राख्ने योजना रहेको रत्ननगरका मेयर नारायण वनले जानकारी दिए ।

प्राथमिक तहको उपचार आइसोलेसनमा गर्ने र संक्रमितलाई लक्ष्यण देखिए भरतपुर अस्पताल पठाइने मेयर वनले बताए । आइसोलेसनमा राखिएका संक्रमितहरुलाई चार वटै स्थानीय तहको मातहतमा रहेका स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गर्ने छन । पहिलो चरणमा तालिम केन्द्रको एउटा भवनमा २६ बेडको आइसोलेसन केन्द्र तयार गरिएको र आवश्यकता अनुसार सोही ठाउँमा रहेको अर्को भवन सहित १०० बेड सम्म बनाउने योजना रहेको उनले बताए ।

आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । रत्ननगर सहित खैरहनी,कालिका र राप्तीमा होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै ल्याउने तयारी गरिएको छ । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निर्णय गरेपछि यहाँका चार स्थानीय तहले आइसोलेसन बनाएका हुन ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया