स्रष्टा हुनुको हैसियत

अन‌ि यो पनि

सत्त्व, रज र तम नाम गरेका तीन गुणहरु वास्तवमा के हुन् ? प्रकृतिमा यिनले कसरी काम गरिरहेका छन् ? मानिस कसरी यी तीन गुणको बन्धनमा बाँधिन्छ ? केकस्ता अवस्थामा यी तीन गुणहरु उदाउँछन् र अस्ताउँछन् ? यी गुणहरु वृद्धिका लक्षणहरु के–के हुन् ? लगायतका प्रश्नहरुबारे गीताको चौधौँ अध्यायमा विशेष चर्चा गरिएको छ । भगवान् श्रीकृष्णका अनुसार सत्त्व, रज र तम, यी तिनै गुण प्रकृतिद्वारा उत्पन्न भएका हुन् र यिनले जीवधारी मनुष्यलाई शरीरको बन्धनमा बाँधिरहन्छन् ।
स¤वगुण स्वच्छ हुन्छ, सफा र सुन्दर हुन्छ । निर्मल हुने हुनाले यो प्रकाशपूर्ण र समुज्ज्वल स्वरुपको हुने गर्दछ । यसले जीवात्मालाई सुखी भएको अनुभूति दिलाउँछ भने ज्ञानी भएको अनुभूतिसमेत प्रदान गर्दछ । यसैले, स¤वगुणका कारण व्यक्ति सुख र ज्ञानको अभिमानद्वारा बन्धनमा बाँधिन पुग्दछ ।
गीताका अनुसार जब व्यक्तिभित्र कामना र आसक्तिभाव पैदा हुन्छ, त्यसपछि रजोगुण जन्मन्छ । रजोगुणका कारण व्यक्ति उसका कर्म र कर्मका फलहरुको सीमाभित्र बाँधिन पुग्दछ । यदि कसैमा कुनै विषयप्रति अनुराग र मोहको भावना छ भने त्यो व्यक्तिभित्र रजोगुणको प्रबलता छ भनेर बुझ्नुपर्दछ किनकि रागात्मकता रजोगुणको धर्म हो ।
जसरी, तृष्णा र अनावश्यक आसक्ति रजोगुणका स्रोत हुन्, त्यसरी नै देहधारी सबैलाई मोहित गर्ने गुणलाई तमोगुण भनिन्छ । जबसम्म व्यक्तिभित्र प्रज्ञा र बोधको उदय हुँदैन, तबसम्म व्यक्ति तमोगुणको अँध्यारोबाट पनि मुक्त हुन सक्दैन । तमोगुणको धर्म भनेको प्रमाद, आलस्य र निद्रा हो । व्यक्तिमा जब तमोगुणको अधिकता देखा पर्दछ, अनि ऊ श्रम गर्न छोड्दछ, समयमै जागेर आफ्ना अहम् लक्ष्य, उद्देश्य र कर्तव्यप्रति गतिशील हुन मन पराउँदैन अनि इन्द्रिय र अन्तःकरणको व्यर्थ चेष्टाको सिकार बन्न पुग्दछ ।
स¤वगुणले व्यक्तिलाई सुखको मेसो निर्माण गरिदिन्छ । स¤वगुणको विकास भएको अवस्थामा व्यक्ति सुखी हुन्छ । रजोगुणको प्रबलताले व्यक्तिलाई कर्ममा प्रेरित गर्दछ भने तमोगुणले ज्ञानलाई ढाकेर व्यक्तिलाई इन्द्रियलोलुप बनाइदिन्छ । प्रमाद भनेको इन्द्रिय एवम् मनका अनावश्यक र व्यर्थ प्रयत्न वा चेष्टा भन्ने बुझिन्छ । तमोगुणले त्यही चेष्टा र प्रयत्नका लागि मानिसलाई तयार पार्दछ । तमोगुणले राम्रो वा नराम्रो के हो भन्ने पनि थाहा पाउँदैन, किनकि यो आफैँमा अँध्यारो हुन्छ ।
यसप्रकार, तुलनात्मकरुपमा मनुष्यका लागि स¤वगुण नै सबैभन्दा उत्तम गुण प्रमाणित हुन्छ । गुणहरु पनि घटाउन र बढाउन सकिन्छ । हामीलाई अनावश्यक तमोगुण र रजोगुणलाई हटाउँदै वा घटाउँदै स¤वगुणको वृद्धि कसरी गर्न सकिन्छ त ? भगवान् श्रीकृष्णले भन्नुभएको छ :
‘रजस्तमश्चाभिभूय स¤वं
भवति भारत ।
रजः स¤वं तमश्चैव
तमः स¤वं रजस्तथा ।।
अर्थात्, हे अर्जुन, रजोगुण र तमोगुणलाई व्यवस्थित संयमित गरेर स¤वगुणको विकास गर्न सकिन्छ । त्यस्तै, यदि रजोगुणको निर्माण गर्नुछ भने स¤वगुण र तमोगुणलाई नियन्त्रित गर्नुपर्दछ भने स¤वगुण र रजोगुणलाई दबाएर तमोगुणलाई बढाउन सकिन्छ ।’
तमोगुणको विकास स¤व र रजोगुणको अभावमा भएभैmँ स¤वगुणको प्राधान्य तमोगुण र रजोगुणको प्रभावहीनताको अवस्थामा बढेर जान्छ ।
यदि हामी चाहन्छौँ कि हामीभित्रको अज्ञान बढोस्, त्यसका लागि स¤वगुण र रजोगुणका धर्महरुलाई निस्तेज पार्न सक्नुपर्दछ । होइन, यदि ज्ञान बढोस्, प्रज्ञा बढोस् भन्ने चाहने हो भने स¤वगुणका आधारहरुको अभ्यास गर्नुपर्दछ ।
भगवान् श्रीकृष्णका अनुसार स¤वगुणको विकास भएको व्यक्तिमा भित्र र बाहिर, सबैतिर उज्यालो नै उज्यालो व्याप्त भएको हुन्छ । उसले गर्न हुने र नहुने सबैखाले कर्महरुलाई जानेबुझेको हुन्छ ।
‘सर्वद्वारेषु
देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा
विद्याद्विवृद्धं स¤वमित्युत ।।’
अर्थात्, भगवान् श्रीकृष्ण भन्नुहुन्छ, जुन समयमा यो शरीरमा अन्तस्करण र इन्द्रियहरुमा चेतनता र विवेकशक्ति उत्पन्न हुन्छ, त्यो समयमा हामीभित्र स¤वगुणको उदय हुँदै छ भन्ने बुझ्नुपर्दछ ।
गीताले भनेअनुसार रजोगुणको वृद्धि भएपछि व्यक्तिमा लोभानिपापानि बढेर जान्छ । मानिसहरु थोरैको लागि पनि स्वार्थवश मरिमेट्न थाल्दछन् । व्यक्तिले कर्म त गर्दछ, तर स्वार्थवश इच्छा, कामना र आकाङ्क्षाले भरिएर गर्दछ । सकाम भावले गरिएका कर्महरुले व्यक्तिमा अशान्ति र विषयभोगको लालसा जन्मन्छन् । मानिसभित्रको धेरै आर्जन गर्ने वा जम्मा गर्ने बानीले गर्दा ऊ दिनरात दौडिइरहेको छ । त्यही दौडका कारण आज मानिसले विश्राम गर्न पाएको छैन । यो अशान्ति रजोगुण बढ्नुको प्रमाण हो भनेर गीताले भनेको छ ।
तमोगुणको वृद्धि हुँदा हामी अज्ञानमा बाँच्न बाध्य हुन्छौँ । हाम्रो मन पनि अज्ञानको अँध्यारोले ढाकिन बाध्य हुन्छ । दुःख, पीडा, चिन्ता, तनाव, अभाव आदि इत्यादि यही तामस्का परिणाम हुन् । अन्तः करण र इन्द्रियहरुमा अँध्यारो व्याप्त हुन्छ, अर्थात् तमोगुणमा वृद्धि हुँदा न त हाम्रो मनले ठीक–बेठीकको भेद पर्गेल्न सक्दछ, न त इन्द्रियहरु सतर्क र संयमित नै हुन सक्दछन् । यही तमोगुणको आधिक्यता भएको व्यक्ति आफूले गर्नुपर्ने दायित्व र कर्तव्यप्रति पनि बेखबर भइदिन्छ । धर्म, कर्तव्य र नीतिप्रतिको अप्रवृत्ति अर्थात् असंलग्नता नै तमोगुण व्यक्तिमा पैmलनुको प्रमुख कारण हो ।
तमोगुणकै कारण इन्द्रियजन्य भोगलालसा अर्थात् प्रमाद, जसलाई व्यर्थको अनधिकृत चेष्टा पनि भनेर भनिन्छ, बढेर जान्छ । चित्तमा पनि आलस्यपूर्ण मोहवृत्तिहरु उत्पन्न हुन्छन् । यी कुनै पनि तमोगुणी वृत्तिहरुले मानिसले सुख, शान्ति र समृद्धिको अनुभव कहिल्यै गर्न सक्दैन ।
त्यतिमात्रै होइन, यी विभिन्न गुणको अवस्थामा यदि हामी दिवङ्गत भयौँ भने पनि त्यसैबमोजिमको लोक हामीलाई भविष्यमा प्राप्त हुने कुरा बताइएको छ । भगवान्ले घोषणा गर्नुभएको छ :
‘यदा स¤वे प्रवृद्धे
तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां
लोकानमलान्प्रतिपद्यते ।।
अर्थात्, जब व्यक्ति स¤वगुणको वृद्धि भएको अवस्थामा दिवङ्गत हुन्छ, उसलाई उत्तम र श्रेष्ठ कर्म गर्नेहरुको स्वर्गादि लोक प्राप्त हुन्छ । स¤व गुण भनेको उज्यालोको गुण हो । व्यक्तिभित्र सुख, सन्तोष र आनन्दको वृद्धि भएको बेलामा उसको मृत्यु हुँदा उसलाई विभिन्न सुखलोकहरुमा जन्मने सुयोग प्राप्त हुन्छ ।
रजोगुणको वृद्धि भएका बेलामा मृत्यु वरण गर्ने व्यक्ति अनेक इच्छा, आकाङ्क्षा मनमा राखेर रातदिन काममात्रै गरिरहने कर्ममा आसक्ति राख्ने व्यक्तिका रुपमा जन्मन्छ । त्यस्तै, जसको मृत्यु तमोगुणको आधिक्यता भएको अवस्थामा हुन्छ, त्यस्तो व्यक्ति उचित÷अनुचितको विवेचन गर्न नसक्ने कीरा, फट्याङ्ग्राजस्ता अज्ञानी एवम् मूढ प्राणीका रुपमा जन्मन्छ ।
स¤वगुण सर्वदा सकारात्मकताको अभिवृद्धि गर्ने किसिमको हुन्छ । यसले व्यक्तिलाई कहिल्यै पनि अनावश्यक उत्तेजनाको दास बनाउँदैन । सात्त्विक व्यक्ति शारीरिक, मानसिक र भौतिक सबै प्रकारका स्वास्थ्य र समृद्धिको केन्द्र बनेको हुन्छ । अनेक अवाञ्छित र असन्तुलित संवेगले पनि सात्त्विक व्यक्तिलाई छुन सक्दैन ।
‘सत्त्वात्सञ्जायते ज्ञानं
रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो
भवतोऽज्ञानमेव च ।।
अर्थात्, सत्त्वगुणका कारण ज्ञान उत्पन्न हुन्छ र रजोगुणका कारण निश्चितरुपमा लोभ उत्पन्न हुन्छ । त्यस्तै, तमोगुणका कारण मोह, प्रमाद र अज्ञानको जन्म हुन्छ ।
आजको समाजमा मानिस यिनै तीन गुणको प्रभावले प्रभावित देखिन्छन् । तमोगुणको अपेक्षामा रजोगुण उत्तम मानिन्छ भने रजोगुणको अपेक्षामा सत्त्वगुण उत्तम मानिन्छ । यद्यपि, जन्म–मरणको चक्रबाट मुक्त पुरूषहरुमा स¤वगुणसम्मको प्रभाव हुँदैन । उनीहरु परमानन्दमय त्रिगुणातीत अवस्थामा पुगेका हुन्छन् । भगवान् श्रीकृष्णका अनुसार सबैभन्दा श्रेष्ठ स्थान सात्त्विक पुरूषले प्राप्त गर्दछ । उहाँले भन्नुभएको छ :
ऊध्र्वं गच्छन्ति स¤वस्था
मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो
गच्छन्ति तामसाः ।।
अर्थात्, स¤वगुणीहरुको गति अत्यन्त तीव्र र श्रेष्ठ हुन्छ । उनीहरुले सबैभन्दा उच्च स्वर्गादि लोकलाई प्राप्त गर्दछन् । राजसी गुणमा स्थितहरुको गति मध्यम हुन्छ । उनीहरु पुनश्च यही मत्र्यलोकमै रहने अवस्था सिर्जना हुन्छ भने तमोगुणीको गति सबैभन्दा तल्लो र अधम हुन्छ ।

तमोगुणीहरुले कीट, पशु, वनस्पति आदि योनिहरुमा जन्म लिन्छन् भनेर गीताले बताएको छ । जुन लोकलाई नरकलोक भनिन्छ, त्यो लोक नै दुःख र अज्ञानको लोक हो । व्यक्ति पैसा, धन, सम्पत्ति, भौतिक वैभव नभएर मात्रै दुःखी हुने वा चिन्तित हुने हुँदैन । व्यक्ति त अज्ञानको अभावमा दुःखी हुने हो । भौतिक सम्पत्ति नै सबैथोक हो भन्नेहरु कहिल्यै खुसी हुँदैनन् । भौतिक सम्पत्ति केही होइन । आज नभए भोलि त अवश्य आइहाल्छ भनेर बुझ्ने मान्छे कहिल्यै पनि दुःखी हुँदैन । यसरी बुझ्नु नै ज्ञानी हुनु हो । नरकमा कुनै पनि नियम हुँदैन, कानुन हुँदैन । सम्पूर्ण प्रकारका अव्यवस्था, अनियमितता र अभावहरु त्यही अज्ञानरुपी नरकको गर्भभित्र लुकेर बसेका हुन्छन् ।
भगवान् श्रीकृष्णले भनिसक्नुभएको छ कि यी तीनै गुण प्राकृतिक संसारका धर्म हुन्, अर्थात् जन्मने र मर्ने धर्म भएको संसारका विशेषता हुन् । हामी जुन दिन यी तीनै गुणको प्रभाववाट पृथक् हुने अवस्थामा पुग्दछौँ, त्यो अवस्थालाई नै वास्तविक मुक्तिको अवस्था भनेर भनिन्छ । मान्छे जहिलेसम्म यी तीन गुणको धर्मदेखि मुक्त हुन सक्दैन, त्यस अवस्थासम्म बद्ध नै रहिरहन्छ ।
गीताले हामीलाई साक्षीत्वको शिक्षा दिन्छ । हामी सबै प्रकारका ऊहापोह, घटना–परिघटनादेखि मुक्त हुन सक्नुपर्दछ । निश्चितरुपमा जीवन बाँच्नका लागि प्रकृतिनिर्मित ती तीन गुणको मायाको डोरीले हामी बाँधिने अवस्थामा पुग्दछौँ, तर हाम्रो कर्तव्य भनेको प्रकृतिमय होइन पुरूषमयता हो । पुरूष अर्थात् प्रकृतिको पनि प्रकृति । यही पुरूष परमात्मात¤वको पर्याय पनि हो । हामीभित्र जुन आत्मभाव छ, कहिल्यै बूढो नहुने र कहिल्यै नमर्ने आत्मत¤व छ, त्यो नै हाम्रो मूल हो । जो जीवनरुपी यात्राका पथिकहरु छन्, ती सबैसबैप्रति सधैँसधैँ प्रेमपूर्ण र सकारात्मक हुन्छन् ।
यी गुणहरुको प्रभाववाट मुक्त व्यक्तिलाई गीताले गुणातीत मानेको छ । जीवन सुसञ्चालनका लागि व्यक्तिमा स्वतःस्फूर्तरुपमा यी गुणको सहज विकास हुँदै गएको पनि हुन्छ, तर हामीले सबै प्रकृतिका यी गुणहरुलाई यिनको गुणवत्ताका आधारमा विकास गरौँ भन्ने हो । हाम्रो कर्तव्य त गुणातीत बनौँ भन्ने नै हुनुपर्दछ । हामीभित्रको जुन आत्मक्षमता छ, त्यो स¤व, रज र तमको प्रभाववाट नित्य मुक्त छ ।
भगवान् श्रीकृष्ण भन्नुहुन्छ :
‘समदुःखसुखः स्वस्थः
समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्य
निन्दात्मसंस्तुतिः ।
मानापमानयोस्तुल्यस्तुल्यो
मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी
गुणातीतः स उच्यते ।।
अर्थात्, जो निरन्तर स्वस्थ छ, दुःख र सुखमा समान छ, माटो र सुनमा खासै भेदभाव गर्दैन, धैर्य गर्न सक्ने धीर छ, प्रिय र अप्रियमा समान भाव धारण गर्दछ, कसैको प्रशंसाले मात्तिने र कसैको निन्दाले आत्तिने गर्दैन, जो मान र अपमानमा पनि समान छ, न उसका कोही मित्रमात्रै वा शत्रुमात्रै छन्, सबै किसिमका कर्तापनको अभिमानबाट मुक्त जुन पुरूष छ, त्यो पुरूषलाई नै गुणातीत भनेर भनिन्छ ।
यसप्रकार, भगवान् श्रीकृष्णले विभिन्न गुण र तिनको धर्मका बारेमा उल्लेख गर्दै तिनको प्रभावबाट अतीत अर्थात् मुक्त हुने विधि के हो भनेर पनि चर्चा गर्नुभएको छ । उहाँका अनुुसार केवल एक सर्वशक्तिमान् परमेश्वर वासुदेव भगवान्लाई नै सबैथोक मानेर स्वयम्का स्वार्थ र अभिमानलाई त्यागी श्रद्धाका साथ गरिने जुन अव्यभिचारी भक्तियोग छ, यही भक्तियोगका माध्यमले नै हामीले गुणातीत अवस्थालाई प्राप्त गर्न सक्दछौँ ।
हामी जे सोच्दछौँ, त्यही बन्दछौँ भन्ने सत्य प्रमाणित भइसकेको छ । आज हामी जेजस्ता छौँ वा हामीसँग आज जे छ, त्यो अरु केही नभएर हामीले हिजो गरेको विचारको प्रतिफल हो । भक्ति भनेको कृष्णका मूल्य, आदर्श र विशेषताको बारम्बारको चिन्तन हो । भगवान् श्रीकृष्ण स्रष्टास्वरुप हुनुहुन्छ । उहाँ यो सृष्टिका रचनाकार हुनुहुन्छ ।
एउटा चित्रकारले चित्र त बनाएको हुन्छ, तर त्यो चित्रमा प्रयोग भएका रङरोगनदेखि ऊ अप्रभावित हुन्छ । चित्र बनाउन प्रयोग गरिएको कागज खराब हुँदा चित्र बिग्रन सक्दछ, तर चित्रकार बिग्रँदैन । त्यसरी नै स¤व, रज र तम, यी तीनै गुणकोे प्रयोग गरेर यो संसारको निर्माणमा जुटुनुभएका विश्वरुप श्रीकृष्ण पनि सबै दुःखसुख वा अवस्थाहरुबाट मुक्त हुनुहुन्छ । हामीले उहाँको भक्ति गर्नु भनेको वा उहाँको चिन्तन गर्नु भनेको पनि हामी बिस्तारै उहाँजस्तै बन्नु हो, अर्थात् ती तीनै गुण र तिनको धर्मदेखि मुक्त हुनु हो । यसैलाई गुणातीत अवस्था भनेर भनिन्छ ।
स¤व, रज र तम गुण प्रकृतिनिर्मित गुणहरु हुन् । प्रकृतिको जुन आदर्श छ, मूल्य छ, नियम र मर्यादा छ, त्यसको मर्यादा कायम गरेर नै सांसारिक जीवन सहज र स्वाभाविक बन्न सक्दछ । हामीले सकेसम्म आपूmभित्र रजोगुण र तमोगुणको विकास नहोस् भन्नेतिर विशेष होस पु¥याउनुपर्ने देखिन्छ । जति हामीभित्र स¤वगुणको विकास हुन्छ, कम्तीमा पनि हामी प्रभुचिन्तनको नजिक पुग्ने बाटो हुन्छौँ ।
स¤वगुण पनि साधनमात्रै हो । हाम्रो जीवनको साध्य भनेको त सबै प्रकारका बन्धनहरुबाट मुक्ति र स्वतन्त्रताको अवस्था हो । हामी जतिबेला पूर्णतः कृष्णमय बनेका हुन्छौँ, त्यतिखेर हामीमा स्रष्टाको हैसियत निर्माण भएको हुन्छ । त्यो अवस्थाको निर्माण जतिबेला हुन्छ, त्यतिबेला हामी सबै प्रकारका दुःखहरुबाट पनि मुक्त र स्वतन्त्र हुन्छौँ ।
हामीले चलचित्र हेरेका हुन्छौँ । चलचित्र हेर्ने दर्शक चलचित्रको कथावस्तुअनुसार त्यहाँका पात्रहरुको अभिनयबमोजिम घरी हाँस्ने र घरी रूने गर्दछन्, तर त्यो चलचित्रका निर्माता र निर्देशकलाई त्यसको कुनै मतलब हुँदैन । घरमा साना–साना कीराफट्याङ्ग्रा देखेर अथवा नभएको कुरालाई पनि हो कि जस्तो ठानेर साना–साना केटाकेटीहरु डराउने, रूने–कराउने गर्दछन्, तर बाबुआमालाई भने त्यसको कुनै प्रभाव पर्दैन ।
यी सन्दर्भहरुले के भन्दछन् त भन्दा मानिस यदि निर्धक्क, निर्भय, निश्चित र दुःखमुक्त हुने हो भने सिर्जनाको तहबाट माथि उठेर स्रष्टाको तहमा उक्लिन सक्नुपर्दछ । स्रष्टाहरुले सबै थाहा पाएका हुन्छन् । उनीहरु स¤व, रज र तमजस्ता गुणलाई आफ्ना सिर्जनाको शृङ्गार गर्न भनेरमात्रै प्रयोग गर्ने गरेका हुन्छन् । विश्वशक्तिरुपी रहस्यले पनि यी तीनै गुणलाई प्रकृतिमार्फत प्रयोग गरेर मायावी संसारको एउटा विधि र कानुनको निर्माण गरेको हुन्छ ।
हामी मनुष्य स¤व, रज र तम, यी तीन गुणका माध्यमले निर्गुणताको दिशामा अघि बढ्न जन्मिएका हौँ । आन्तरिकरुपमा जति स¤वगुणको विकास हुन्छ, त्यति नै हामी परमेश्वरतिर नजिकिएका हुन्छौँ । रजोगुण बढ्दा परमेश्वरसँग हाम्रो दूरी पनि बढेर जान्छ । तमोगुणको वृद्धि हुँदा त झन् हामी र परमात्माको दूरी अझ टाढिन्छ । अर्थात्, हामी अधिकतम सा¤िवक बनेर हाम्रो मुक्तिको अभियान छेड्नुछ । यसरी परमेश्वरसँग नजिकिँदै जाँदा अन्ततः यही स¤वगुणको प्रभावबाट पनि हामी मुक्त भएर निर्गुण एवम् गुणातीत अवस्थामा पुग्दछौँ । यसरी, भगवद्भक्तिमार्फत उनै स्रष्टाको चिन्तन गरी हामीले पनि उनकै जस्तो विशिष्टता हासिल गर्नुछ र जीवनलाई गुणातीत तुल्याई धन्य बनाउनुछ । हामीले पाएको जीवन त मुक्ति र प्रभुप्राप्तिको साधनमात्रै हो । हामी जीवनमुक्त हुनुछ, तर जीवनको बाटो भएर । हामी गुणातीत हुनुछ, तर स¤वगुणको बाटो भएर ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया