‘संकलित नमुनामध्ये १५ देखि २० प्रतिशतमा कोरोना’

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमणको दीर्घकालीन समाधानका लागि आफ्नो व्यवहार परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । निषेधाज्ञा तत्कालीन समाधान भए पनि यसको दीर्घकालीन समाधान संक्रमणको जोखिम नहुने गरी आमनागरिकको व्यवहार परिवर्तन गर्नु रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गरी संकलित नमुनामध्ये करिब १५ देखि २० प्रतिशत नमुनामा संक्रमण देखिएको बताएको छ । पछिल्लो समय संक्रमण प्रतिशत अझ बढ्दै गएकोले संक्रमण पनि फैलिरहेको अनुमान गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए ।
निषेधाज्ञापछि खुल्ने बैंक तथा वित्तीय संस्थाहरु, सरकारी कार्यालय तथा सपिङ सेन्टरहरुमा लाग्ने भीडहरुमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरिए स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै यसतर्फ प्रशासनले सचेत गराएको छ । कोरोना संक्रमित र अन्य बिरामीहरुको सहज उपचार व्यवस्था गर्नका लागि सरकारी र निजी क्षेत्रका सबै अस्पतालहरुबीच समन्वय गर्न संयन्त्र विकास गरिएको प्रशासनले बताएको छ ।
२६ प्रतिशत संक्रमितमा लक्षण
प्रशासन कार्यालयका अनुसार सक्रिय संक्रमितमध्ये २६ प्रतिशत संक्रमितमा मात्रै लक्षण देखिएको छ । सोमबार साँझसम्म जिल्लामा कोरोेना संक्रमितको संख्या ३६८ पुगेको छ । त्यसमध्ये २३९ जना सक्रिय संक्रमित रहेका छन् भने १२६ जना संक्रमित निको भएर घर गइसकेका छन् । हालसम्म चितवनका तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
सक्रिय संक्रमितमध्ये ६३ जनामा लक्षण देखिएको छ । प्रतिशतका हिसाबले २६ प्रतिशतमा मात्रै लक्षण देखिएको छ । लक्षण देखिएका संक्रमितमध्ये पनि १८ जना संक्रमितको सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । १७६ जना संक्रमितमा लक्षण देखिएको छैन ।
संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहका वडा कार्यालय र टोल सुधार समितिको भूमिका अझ बढी प्रभावकारी हुन आवश्यक रहेको छ । चितवनमा अहिले भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा स्वाबको आरटी, पिसिआर परीक्षण हुँदै आएको छ ।
कुन अस्पतालमा कति उपचाररत
२३९ जना सक्रिय संक्रमितहरुमध्ये ६८ जना संक्रमितहरु भरतपुर अस्पतालमा उपचाररत छन् । ६ जनाको आइसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा १७ जना, क्यान्सर अस्पतालमा २१ जना र सशस्त्र भण्डारामा ४९ जना रहेका छन् ।
पुष्पाञ्जलीमा एक जना, पुरानो मेडिकल कलेजमा ६ जना, नारायणी सामुदायिकमा ५ जना, सेन्ट्रल अस्पतालमा ५ जना र मौलाकालिकामा एक जना छन् । त्यस्तै, भरतपुरको होम आइसोलेसनमा ५५ जना, खैरहनीको होम आइसोलेसनमा ४ जना र राप्तीको होम आइसोलेसनमा ७ जना संक्रमित रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया