कोरोना प्रभाव : बाघमारा वनको आम्दानी शून्य

अन‌ि यो पनि

रत्ननगर । पर्यटकीय नगरी सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको आम्दानी शून्यमा झरेको छ । सौराहाको पर्यटनबाट बार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्दै आएको सो सामुदायिक वनको कोरोना भाइसरको प्रभावका कारण आम्दानी शून्यमा झरेको हो ।

कोरोना भाइसरको महामारीका कारण सौराहाको पर्यटन बन्द भएपछि पर्या–पर्यटनलाई आम्दानीको मुख्य श्रोत बनाएको सो सामुदायिक वनको आम्दानी रोकिएको छ । सौराहा आउने पर्यटकलाई हात्ती सफारी र डुंगा शयर गराएर सो वनले आम्दानी गर्दै आएको छ । कोरोना भाइरसको प्रभावका कारण सो सामुदायिक वनको पछिल्लो ६ महिनामा एक करोड ५० लाख रुपैयाँ नोक्सान भएको छ ।

पर्यटकलाई जंगल सफारी गराउने निजी स्तरका हात्तीहरु बेकामी भएका छन् । सौराहाका व्यवसायीलाई हात्ती पाल्नै मुश्किल हुन थालेको छ । सामुदायिक वनको आम्दानी शुन्यमा झरेपछि सामुदायिक विकास र मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरणको काममा असर गरेको वनका अध्यक्ष जीतु तामाङले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया