निषेधाज्ञा उल्लङ्घन गर्नेमा मोटरसाइकल बढी

अन‌ि यो पनि

भरतपुर, भदौ ८ । चितवन जिल्लामा निषेधाज्ञा जारी भएको आज सोमबार दश दिन पुगेको छ । निषेधाज्ञा जारी भएसँगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाही गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाही गरिएको छ ।

कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गर्दै हिड्नेहरुलाई कारवाही गरेको हो । उनका अनुसार कारवाहीमा पर्नेमा ५० प्रतिशत मोटरसाइकल रहेका छन् । विभिन्न वहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाही गरिएको हो । कारवाही स्वरुप १ सयदेखि ५ सयसम्म जरिवाना गरिएको छ ।

यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् । अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत असुल गरेको जनाएको छ । उनले भने “विभिन्न वाहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री र साईकल यात्री सबैलाई कारवाही गरिएको छ ।” काम बिना नै निस्कनु रोगको जोखिम मोलेको भन्दै उनले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण वढ्दै गए पछि गत साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र यही भदौ पाँच गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । आजसम्म जिल्लामा ३४५ मा कोरोना सङक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जनाको अकालमा मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया