ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आत्मविश्वास जगायो सहकारीले

by चितवन पोष्ट
२०७१ बैशाख २३, मंगलवार ००:५१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कल्पना भट्टराई
नवलपरासी । पाल्ही गाविसकी मञ्जु चौधरी केही समय अगाडि उभिएर बोल्न डराउँथिन् । मान्छेको जमघट भएको ठा“उमा बोल्न प¥यो भने त झन् उनी थरथर काम्थिन् । आफ्नो परिचय बताउन समेत कठिन हुन्थ्यो । तर, अहिले मान्छेका अगाडि त के उनी मञ्चमै उभिएर भाषण गर्छिन् ।
गा“उघरमा हुने सभा, सम्मेलन र गोष्ठीमा उनी मञ्चमा उभिएर भाषण गर्छिन् । सामाजिक काम गर्दा उनमा आएको आत्मविश्वासले भाषण गर्न सक्ने भएकी हुन् । ४० वर्षीय मञ्जु पाल्ही भगवती महिला बचत तथा ऋण सहकारी संस्था र पाल्ही परालिगल कमिटीकी अध्यक्ष हुन् । ‘काम गर्दै जा“दा आत्मविश्वास जाग्यो’ उनले भनिन् , ‘अगाडि आएर बोल्न सक्ने भएँ ।’
मञ्जुमात्रै होइन ,पाल्ही गाविसकै सुशीला गुप्ताको अवस्था पनि त्यस्तै थियो । मान्छेका अगाडि उभिएर बोल्न समस्या हुन्थ्यो । ‘विहे गरेको दश वर्षसम्म घरबाट बाहिर निस्कन पाइएन । कसरी बाहिर मान्छेसँग निर्धक्क बोल्न सक्ने’ सुशीलाले भनिन्, ‘पहिले संस्कार नै यस्तै थियो’ ।
अहिले भने त्यस्तो अवस्था छैन् । निर्धक्कसँग आफ्नो कुरा सबैका सामु राख्न सक्छिन् । चार वर्षअघि उनी लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भइन् । महिला तथा बालबालिका कार्यालयअन्तर्गत संचालित सहकारी संस्था स्थापना भएदेखि नै उनी अध्यक्ष भएर काम गर्न थालिन् । काम गर्दै जाँदा आत्मविश्वास जाग्यो र संस्था राम्रोसँग चलाउन सक्षम भएकी छन् । तालिममा प्रशिक्षकको भूमिका राम्रैसँग निर्वाह गर्न सक्छिन् । गा“उमा हुने सभा सम्मेलनमा पनि आफ्ना कुरा निर्धक्क राख्न डराउँदिनन् ।
कुस्मा गाविसकी प्रतिभा गुप्ता पनि अरुका अगाडि निर्धक्क बोल्न सक्छिन् । पा“च वर्ष अघिदेखि जिविकोपार्जन कृषि सहकारी संस्थाकी सचिव भएर काम गरेकी प्रतिभालाई जिम्मेवारी र आत्मविश्वासले बोल्न सक्ने बनाएको हो ।
‘साडी लगाएका महिला बोल्न सक्छन् भन्थे, बोल्न मात्रै होइन’ प्रतिभाले भनिन् ‘सहकारी नै चलाएर देखायौँ’ ।
जिल्लादेखि क्षेत्रीय र केन्द्रीयस्तरको प्रशिक्षणमा समेत सहभागी हुने मौका पाएकीले आफूले सिकेको कुरा समूहका महिलाहरुलाई सिकाउने गर्छिन् । गा“उमा हुने स—साना झैंझगडा मिलाउँछिन् । घरेलुहिंसामा परेका महिलाहरु घरपरिवारमा स्थापित गराउनका लागि छलफल चलाउँछिन् ।
उनी मात्रै होइन, महिला तथा बालबालिका कार्यालयअन्तर्गत नवलपरासीमा संचालन भएका सहकारी चलाउने अन्य महिलामा पनि यस्तै परिवर्तन आएको छ । जिल्लामा ३४ महिला सहकारी रहेका छन् ।
महिलालाई आर्थिक, सामाजिक रुपमा सशक्तीकरण र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गराउनको लागि महिला सहकारीको स्थापना गरिएको महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख मिना पौडेलको भनाइ रहेको छ । महिलामात्रै शेयर सदस्य, बचतकर्ता र संचालक समिति भएर पनि  पुरूषले भन्दा राम्रो सहकारी चलाएका उदाहरण जिल्लामा धेरै छन् । यी सहकारीले नेतृत्व र व्यक्तित्वको विकासमात्र नगरी आर्थिक कारोवार राम्रै गरेको छ । महिला सशक्तीकरण र व्यक्तित्व विकासका लागि  सांगठनिक काम तथा आर्थिक कारोवार पनि राम्रै गरेपछि जिल्ला विकास समितिको जिल्ला परिषद्बाट चार सहकारी पुरष्कृत भएका छन् ।
महिला तथा बालबालिका विभागबाट क्षेत्रीय स्तरमा दाउन्नेदेवी बहुउद्देश्यीय महिला सहकारी संस्था पुरष्कृत भएको छ । महिला स्वाभलम्बन बचत तथा ऋण सहकारी संस्था लि र रजहर महिला बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख नगदसहित देशभरबाट उत्कृष्ट पा“चौ स्थान प्राप्त गरी राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेको थियो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In