हत्याको आरोपमा दुई पक्राउ

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ ।
यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरूष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरूषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । विवादका कारण गरिएको कुटपिटका कारण यादवको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया