कोरोना संक्रमितको उपचार प्रबन्ध मिलाउन प्राविधिक समिति

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमितहरुको उपचारको प्रबन्ध मिलाउन कोभिड १९ प्राविधिक (स्वास्थ्य क्षेत्र समन्वय) समिति गठन गरिएको छ । यो समितिले भरतपुर अस्पताल र अन्य निजि अस्पतालहरुसँग समन्वय गरी कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुको उपचारको प्रबन्ध मिलाउने र उपचारका सम्बन्धमा जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरलाई सल्लाह दिने छ । समिति म्यानेजमेन्ट सेन्टरको मातहतमा रहनेछ ।

प्राविधिक समितिको संयोजकमा भरतपुर अस्पताल, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र सदस्य सचिवमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ११ सदस्यिय समितिको सदस्यहरुमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, भरतपुर अस्पतालका प्रमुख मेसु डा. श्रीराम तिवारी, भरतपुर महानगरको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी, चितवनमा मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल रहेका छन् ।

त्यस्तै, पुरानो मेडिकल कलेजका कोभिड संयोजक डा प्रिया पाठक, नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा लोकबहादुर सेढाई, निजि अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुँवर, नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरी प्रसाद पौडेल र नर्सिङ एशोसियसन चितवनकी अध्यक्ष माया पाण्डे रहेका छन् ।

लक्षण नभएका संक्रमितहरुलाई स्थानिय तहले बनाएको आइसोलेसन सेन्टरमा राख्ने निति बनाइएको छ । आइसोलेसन सेन्टरमा बसेका संक्रमितहरुको रेखदेख र व्यवस्थापन गर्न स्थानिय तहले भनिने र त्यस्ता संक्रमितहरुलाई लक्षण देखिए तत्काल अस्पताल ल्याउने व्यवस्था मिलाइने प्रशासन कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको हो ।
भरतपुर महानगरपालिकाले बागेश्वरी प्राकृतिक चिकित्सालय र पुर्वी चितवनका चार पालिकाले रत्ननगर ५ स्थित कृषि सहकारीको भवनमा आइसोलेसन सेन्टर बनाउँदै छन् । होम आइसोेलेसनमा बसेका संक्रमितले आइसोलेसन सेन्टरमा जान चाहेमा स्थानिय तहमा खबर गर्नुपर्ने छ ।

टोल सुधारलाई सक्रिय बनाइने
कोरोना समुदाय स्तरमा पुगिसकेकाले वडा कार्यालय र टोल सुधार समितिहरुको क्रियाशिलता बढाउनुपर्ने आवश्यकता देखिएको प्रशासन कार्यालयले बताएको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि वडा कार्यालय र टोल सुधार समितिलाई सक्रिय बनाइने भएको छ । आफ्नो वडामा रहेका मानिसको तथ्यांक लिन र बाहिरबाट अनावश्यक मानिस आउन नदिन जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले आग्रह गरेको छ ।

बाहिरबाट मानिस आउनदिन पर्ने भए प्रशासन कार्यालयमा सिफारिस गर्ने र निजको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्धारा जारी सूचनामा भनिएको छ । अत्यावश्यक काम नपरी टोल वा वडा बाहिर जान नदिन, घरबाहिर निस्कन अनिवार्य मास्क लगाउने व्यवस्था कार्यान्वयन गराउन, खाद्य सामग्री खरिद गर्ने पसलमा मानिसहरुबीच कम्तिमा दुई मिटरको दुरी कायम गराउन आग्रह गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया