भरतपुर अस्पतालको आइसीयू कक्षमै चरम लापरबाही

अन‌ि यो पनि

भरतपुर, भदौ ७ । हेटौडाबाट आएकी एक महिलाको भदौ १ गते कोरोना परीक्षणका लागि स्वाव संकलन भयो । भरतपुर अस्तपालको आइसीयू कक्षमा उनलाई भर्ना गरिएको थियो । ३ दिन वित्दा पनि रिर्पोट आएन । किन आएन रिर्पोट भनेर सोधपुछ गर्दा पत्ता लाग्यो स्वाब कतै हराएछ ।

फेरि पनि परीक्षणका लागि भन्दै ४ गते पुन स्वाव दिइयो । ६ गते विहान रिर्पोट आयो पोजेटिभ । भरतपुर अस्पतालको आइसीयू कक्षमा रहेकी ती बिरामीमा दोस्रो परीक्षणमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी आक्रोशित बने । सामान्य आइसीयूमा राखिएको बिरामी भएकाले उनीहरुले खासै सावधानी अपनाएनन् ।

ती महिलामा पोजेटिभ आएको ६ गते विहान अस्पतालका प्रहरीले समेत जानकारी पाएका रहेछन् तर उपचारमा संलग्न स्वास्थ्यकर्मीले भने ७ गते विहान मात्र यो कुरा थाहा पाए । आइसीयूमा अन्य विरामी पनि छन्, हामीले नै सवैलाइ जाँच्ने हो अव यसको जोखिम कहाँसम्म पुग्यो होला अनुमान गर्न सकिन्न, एक स्वास्थ्यकर्मीले भने ।

विरामीबाट लिइएको स्वाव केही घटनाहरुमा नमूना पोखिने, हराउने गरेको पाइएको छ । यस अघि पनि जेठ ८ गते भरतपुर ६ का एक पुरुषको स्वाव हराएकोमा अस्पतालले नेगेटिभ भनी चोखिने प्रयास गरेको थियो । तर भोलिपल्ट जचाँउदा उनमा पोजेटिभ पाइएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...