तीन बालिका वाग्मतीमा बेपत्ता

अन‌ि यो पनि

रौतहट, ७ भदौ (रासस) । नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा आज आइतबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चलकुमारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

ऋषिपञ्चमीका अवसरमा बिहान करीब १० बजे टोलका अन्य महिलासँग नुहाउन गएका बालिकाहरु नुहाउँदा नुहाउँदै अचानक बेपत्ता भएको स्थानीयवासी महिलाले बताएका छन् ।

सो घटनाको खबर आएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक क्षेत्रबहादुर बरुवालको नेतृत्वमा गएको प्रहरी तथा सशस्त्र बेश क्याम्प समनपुरको प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास शुरु गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । अन्य दिनका तुलनामा आज पानीको बहाव तीव्र रहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया