गाउँपालिका अध्यक्ष, डाक्टर सहित २९ जनामा कोरोना

अन‌ि यो पनि

नवलपरासी, ७ भदौ । पश्चिम नवलपरासीमा पाल्ही नन्दन गाउँपालिका अध्यक्ष दीपक गुप्ता सहित समुदायका २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष लगायत कर्मचारीमा समेत कोरोना भाइरस पुष्टि भएको हो । जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरस देखिएपछि गाउँपालिकाको कार्यालय शिल गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार पाल्हीनन्दन गाउँपालिकामा मात्रै २५ जना र जिल्ला अस्पताल परासीका ३ जना डाक्टर र १ जना नर्स सहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

जिल्ला अस्पतालमा अहिले आकास्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

परासी क्षेत्रमा एक सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा १० गतेसम्मलाई थप गरिएको छ तथापि निषेधाज्ञाको पूर्ण रुपमा पालना हुन सकेको छैन् । पश्चिम नवलपरासीमा यस अघि नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया