फेसबुकबाटै कृष्णबहादुरले जुटाए सवा पाँच लाख

अन‌ि यो पनि

भरतपुर । इच्छाकामना ३ की १९ वर्षिया शर्मिला गुरूङको उपचारमा भरतपुर १० घर भई व्यवसाय गर्दै आएका कृष्णबहादुर गुरूङले सवा पाँच लाख रूपैयाँ संकलन गरेका छन्। सामाजिक सञ्जालमार्फत चलाएको अभियानबाटै उनले पाँच लाख २५ हजार रूपैयाँ रकम संकलन गरेका हुन्। शर्मिलाको दुईवटै मिर्गौला काम नलाग्ने भएपछि उनको उपचारको लागि सामाजिक सञ्जालमार्फत सहयोगको लागि आह्वान गरिएको थियो। सोही आधारमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइबाट रकम संकलन भएको उनले बताए।

दुई मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि शर्मिलाले करिब चार वर्षदेखि भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट हप्तामा दुईपटक डायलोसिस गर्दै आएकी छन्। घरको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उपचारको लागि सहयोग जुटाइदिन आग्रह गरेपछि तमू ह्युल छोँज धीँ बागमती प्रदेशका सदस्यसमेत रहेका गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गरिदिन आग्रह गरेका थिए। सोही आधारमा उक्त रकम संकलन भएको हो। उनका अनुसार चिकित्सकले मिर्गौला ‘ट्रान्सप्लान्ट’ गर्नुपर्छ भनेपछि त्यसको खर्च जुटाउन सामाजिक सञ्जालमार्फत अभियान चलाएका हुन्। हालसम्म ६० जनाले सहयोग गरेका छन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया