पदमपुर । पदमपुरमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई सोमबार विज्ञानसँग सम्बन्धित सामग्री सहयोग भएको छ । बाल कल्याण संस्था नेपाल र जर्मनी नागरिक पाउली र एन्द्रेले विद्यालयलाई सुक्ष्मदर्शक यन्त्रसहित अन्य विज्ञान सामग्री सहयोग गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव खनाल र राजेन्द्र खनाल तथा जर्मनी नागरिक पाउली र एन्द्रेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर गुरूङ र प्रधानाध्यापक भरतराज रेग्मीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । बाल कल्याण संस्था र जर्मनी नागरिक पाउली र एन्द्रेले यसअघि विद्यालयको भवन निर्माण गर्नुका साथै कम्प्युटर पनि सहयोग गरेका थिए । सामग्री हस्तान्तरण कार्यक्रम विद्यालयका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको थियो ।
Discussion about this post