हतियारसहित बाबु–छोरा पक्राउ

अन‌ि यो पनि

बारा । प्रहरीले बाराको निजगढबाट २ नाल भरूवा बन्दुक र केही खजनासहित बाबु र छोरालाई शुक्रबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं १ पिपलटारका ५७ वर्षका बाबु प्रेमबहादुर स्याङ्तान र उनका छोरा वर्ष ३३ वर्षका जनक रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोस्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले बारूद लोड भएको भरूवा बन्दुक २ थान र त्यसमा प्रयोग हुने खजनासमेत बोकेर हिँड्दै गरेको अवस्थामा बाबु र छोरालाई राति १०ः५० बजे बारा र रौतहटको सिमानामा पर्ने धन्सार खोला बगरबाट नियन्त्रणमा लिएको हो ।
निरीक्षक थपलियाका अनुसार उनीहरुको साथबाट भरूवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र सिसाको बोतलमा राखिएको अन्दाजी २५० मिलिलिटर बारूदसमेत बरामद भएको निरीक्षक थपलियाले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत बारामा आइतबार पेस गरी थप अनुसन्धान सुरू गरिने प्रहरीले बताएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया