पोथी गैंडा मृत फेला

अन‌ि यो पनि

कसरा, भदौ ६ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै एक पोथी गैँडा मृत भेटिएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने संयुक्त राप्ती दुन सामुदायिक वनमा शनिवार एक गँैडा मृत अवस्थामा भेटिएको हो । सो सामुदायिक वनको किङ्ग फिसर घोलमा डुवेको अवस्थामा मृत गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

यसरी मृत भेटिएको गैँडा झण्डै ७ वर्षको पोथी गैँडा हो । निकुञ्जले सो गैडा जुधेर मरेको अनुमान गरेको छ । गैंडाको शरिरमा दोस्रो गैँडाले हानेका चोट भेटिएको थियो ।

गैँडाको खाग खुर भने सुरक्षित भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । मृत भेटिएको गैडाको निकुञ्जका प्राविधिकहरुले शनिवार नै पोष्टमार्टम गरेका छन् ।

पछिल्लो समय चितवन निकुञ्जमा गैँडा जुधेर मर्ने क्रम वृद्धि भएको छ । यस अघि केही दिन अघि मरेको गैँडा पनि एक आपसमै जुधेर मरेको थियो । नयाँ आर्थिक वर्ष शुरु भए यता अर्थात साउन यता यस अघि दुई वटा गैडा मृत भेटिएका छन् ।

निकुञ्जमा गैडाको सख्या वढी भयो भने वा खाद्यान्न अपुग भएमा गैडा एक आपसमा जुध्न पुग्छन् ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया