दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी

अन‌ि यो पनि

सोल । दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिएका हुन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्यमन्त्री हुले जानकारी दिए । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागू गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो । रासस÷एपी

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया