भरतपुर । लायन्स क्लब अफ बागेश्वरीको लायन्स वर्ष २०१४÷१५ का लागि कृष्ण केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा तुङ्गनारायण भट्टराई, द्वितीय उपाध्यक्षमा रामप्रसाद पुडासैनी, तृतीय उपाध्यक्षमा विद्यमान शाक्य रहेका छन् ।
यस्तै, सचिवमा गणेश बराल, सहसचिवमा गोविन्द सिवाकोटी, कोषाध्यक्षमा सन्तोष श्रेष्ठ, टेलट्वीस्टरमा गीताप्रसाद भट्ट, टेमरमा सुरेशचन्द्र अधिकारी, पीआरपीमा सागरकुमार घिमिरे, एमसीमा रामप्रसाद भट्टलगायत रहेका छन् ।
Discussion about this post