भरतपुर । अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति चितवनले जिल्ला शिक्षा कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । अस्थायी शिक्षकलाई विस्थापित नगर्न र सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सोमबार बिहान १२ बजेदेखि २ बजेसम्म धर्ना कार्यक्रम राखेको हो ।
जिल्ला संयोजक रमा घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा अस्थायी शिक्षक संघर्ष समितिका केन्द्रीय सल्लाहकार हिरामणि चापागाई, केन्द्रीय सदस्य ज्योतिनारायण ढकाल, केन्द्रीय पार्षद् कृष्णाचन्द्र न्यौपाने, जिल्ला सदस्यद्वय कृष्णबहादुर परियार र कृष्णप्रसाद घिमिरे, नेपाल विद्यालय कर्मचारी युनियनका जिल्ला अध्यक्ष गोविन्दबहादुर पौडेललगायतले अस्थायी शिक्षिकहरुका मागसम्बन्धी धारणा राखेका थिए ।
Discussion about this post