ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चोरीशिकारविरूद्ध सक्रियता

by चितवन पोष्ट
२०७१ बैशाख २३, मंगलवार ००:४१ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवनमा तस्करले गोली हानेर गैँडा मारेको खबरले यतिबेला संरक्षणकर्मीहरु स्तब्ध बनेका छन् । केही साताअघिमात्रै चोरीशिकारीका कारण २०७० सालभित्र कुनै पनि गैँडा नमरेको भन्दै निकुञ्जले शून्य शिकार वर्ष मनाएको थियो । गैँडा संरक्षणमा चितवन निकुञ्जलाई मिलेको सफलताको चर्चा सेलाउन नपाउँदै २०७१ सालको सुरूकै महिनामा गत शुक्रबार राति गैँडा मरेपछि संरक्षणमा चुनौती थपिएको हो । चितवन निकुञ्जमा १४ महिनापछि तस्करहरुले गैँडा मारेका हुन् । गैँडा तस्करका लागि चितवन कुनैबेला प्रख्यात मानिएको थियो । एकै वर्ष चितवन निकुञ्जमा ३७ वटासम्म गैँडा मरेको कालो इतिहास छ । सुरक्षा सतर्कता र चोरीशिकारविरूद्ध अभियानले २०६६ सालपछि यो क्रम घट्दै आएको थियो । ०६६ को पुस, ०६८ चैत र ०६९ फागुन ५ मा चोरीशिकारीका कारण गैँडा मरेको थियो । त्यसयता, निकुञ्जमा चोरीशिकारीबाट गैँडा मरेको थिएन ।
चितवन निकुञ्जमा सुरक्षाका लागि गण र गुल्मका करिब ११ सय नेपाली सेना परिचालन गरिएको छ । तीन वर्षदेखि तैनाथ भएको गण र गुल्म एक साताअघि परिवर्तन भएको थियो । निकुञ्जको चितवन र मकवानपुरमा तैनाथ नन्दा बक्स गणको सट्टामा श्रीजंग गणले हाल त्यहाँको सुरक्षा व्यवस्था सम्हाल्दैै आएको छ । त्यस्तै, नवलपरासी क्षेत्रमा तैनाथ रणदल गुल्म पनि परिवर्तन भएको छ । चोरीशिकारीहरुले सुरक्षाकर्मीहरु नयाँ आएको मौका छोपेर सक्रियता बढाएको यो घटनाले देखाएको छ । पछिल्लो समय चोरीशिकारीको सक्रियता बढिरहेको छ । केही दिनअघि निकुञ्जनजिकका सामुदायिक वनहरुमा पनि गैँडा मार्ने धराप र बन्दुकहरु बरामद भएका थिए । यस्तै, मंगलपुरस्थित सेतीदेवी सामुदायिक वन क्षेत्रमा बन्दुक र गोलीसमेत बरामद भएको थियो । निकुञ्जभित्र पसेर गोली चलाएको घटनाचाहिँ यसअघि सुनिएको थिएन ।
चितवन निकुञ्जमा तैनाथ सेनाको गण र गुल्म परिवर्तन भएको मौका छोपेर गैँडा शिकार भएपछि घटनामा संलग्नहरुको व्यापक खोजी भइरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त टोली अनुसन्धानमा खटिएको छ । टोलीले शंकास्पद तीन व्यक्ति गिरफ्तार गरेको छ । तस्कर खोज्न प्रहरीको तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । यसले चोरीशिकारमा संलग्नको खोजी गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । टोलीले निकुञ्जबाहिर जगतपुरको प्रस्तावित मध्यवर्ती सामुदायिक वनमा खागविहीन अवस्थामा मृत गैँडा भेट्टाएको थियो । निकुञ्जले गैँडा विचरण गर्ने निकुञ्जबाहिरको ठाउँमा पनि जिल्ला वन र प्रहरीको समन्वयमा सुरक्षा सतर्कता बढाइने जनाएको छ । निकुञ्जले गैँडा मरेको यस घटनालाई चुनौतीका रुपमा लिएर चोरीशिकारविरूद्ध सक्रियता बढाएर संरक्षण अभियानलाई तीव्रता दिनु जरूरी छ ।

Related Posts

Chitwan Post

राजनीतिक चरित्रको खाँचो

Chitwan Post

सत्ता समीकरणको चलखेल

Chitwan Post

सर्वोच्चको स्वागतयोग्य निर्णय

Discussion about this post

अन‌ि यो पनि

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार
प्रमुख समाचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

रत्ननगर । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै हात्ती उपचार...

Read more
थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In