भरतपुर । चित्रवन बचत तथा ऋण सहकारी संस्थाले र एलाइभ हस्पिटल तथा भरतपुर आँखा अस्पतालको सहकार्यमा एक दिने निःशुल्क आँखा रोग एवम् दाँतको परीक्षण गरेको छ ।
संस्थाको स्वास्थ्य तथा वातावरण उप–समितिको संयोजक पार्वती घिमिरेको अध्यक्षतामा शिविर भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य तथा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटा हुनुहुन्थ्यो । विशेष अतिथि र अतिथिका रुपमा चित्रवन सहकारीका अध्यक्ष रामराज पौडेल, एलाइभ हस्पिटलका डा. विष्णुमाया खरेल, भरतपुर आँखा अस्पतालका डा. पुष्पा गिरी रहनुभएको थियो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा दाँत तथा आँखारोग सम्बन्धी परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो भने एलाइभ हस्पिटल र भरतपुर आँखा अस्पतालबाट डाक्टरहरुसहित ६ जना प्राविधिक टोलीद्वारा आँखा रोगसम्बन्धी १२३ जनालाई त्यस्तै दाँत रोगका बिरामीहरु ७८ जनालाई निःशुल्क परीक्षण गरी औषधिसमेत वितरण गरिएको थियो । कार्यक्रम संचालन शारदा शर्मा पौडेलले गर्नुभएको थियो । स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सूर्यवदना हमालले राख्नुभएको थियो ।
Discussion about this post