भरतपुर । सहकारी प्रशिÔण तथा डिभिजन कार्यालय भरतपुरले सहकारी संस्थाको अनुगमनलाई निरन्तरता दिँदै आएको छ । सहकारी संस्थाको सुधार गर्नको लागि ४ वटा कर्मचारी अनुगमनको लागि खटाएको सहकारी प्रशिÔण तथा डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अनुगमनका लागि कार्यालयले ४ वटा Ôेत्र छुट्याएको छ । जसमा पूर्वी चितवनका पिठुवा, चैनपुर, कुमरोज, शक्तिखोर, सिद्धि, कठार, जुटपानी, काउले गाविसमा सहकारी निरीÔक राजेन्द्रप्रसाद ढकाल, रन्तनगर नगरपालिका , बछौली, कोराक, पदमपुर, लोथर, भण्डारा, विरेन्द्रनगर, खैरहनी र पिप्ले गाविसमा सहकारी निरीÔक मिष्टरबाबु घिमिरे, भरतपुर नगरपालिका, गीतानगर, शिवनगर, फुलवारी, पटिहानी, दारेचोक चण्डिभञ्याङ, दाहाखानी, पार्वतीपुर र काविलास गाविसमा रामबाबु पौडेल र मेघौली, दिव्यनगर, शुक्रनगर, गुञ्जनगर, मंगलपुर, शारदानगर, जगतपुर, कल्याणपुर, अयोध्यापुरी, बघौडा र गर्दी गाविसमा सहकारी साहायक निरीÔक हरिप्रसाद तिमिलसेनालाई खटाएको छ । उनीहरुले प्रत्येक हप्ता ३ वटा सहकारीको अनुगमन गरी प्रतिवेदन वुझाउनु पर्ने सहकारी प्रशिÔण तथा डिभिजन कार्यालयका प्रमुख केशवबहादुर थापाले जानकारी दिनु भयो । राम्रोसँग चल्न नसकेका २२ वटा सहकारी संस्थाहरुलाई सहकारी प्रशिÔण तथा डिभिजन कार्यालयले खारेज गर्नको लागि ३५ दिने सूचना जारी गरेको छ ।
Discussion about this post